६ कार्तिक, २०७९ – आइतवार । नेपालीहरूको दोस्रो महान पर्व तिहार आज (आइतबार) बाट सुरू भएको छ ।
यमपञ्चकको पहिलो दिन आज काग तिहार पर्व मनाइएकाे हाे । कार्तिक कृष्ण त्रयोदशीको दिन शनिबार बेलुका यमदीप दान गरिएसँगै यस वर्षको तिहार सुरू भएको हाे । सायम्कालमा त्रयोदशी भएका दिन यमदीप दान सुरु गर्नुपर्ने र प्रातः कालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्था अनुसार आइतबार काग तिहार मनाइएकाे छ ।
आइतबार कागको पूजा गरेर कागलाई मिठो खानेकुरा दिने प्रचलन रहेकाे छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार साेमबार बिहान कुकुर तिहार र बेलुका लक्ष्मी पूजा गर्नुपर्ने हुन्छ । यसैगरी कात्तिक ८ गते गाई पूजा, कात्तिक ९ गते प्रतिपदाका दिन गोरुपूजा, गोवर्द्धन पूजा तथा मह पूजा र कात्तिक १० गते द्वितीयाका दिन भाइटीका रहेको छ ।
भाइ टीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा रहेको समितिले जनाएको छ ।
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…
गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…
२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…
काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…
२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…
गोरखा। गण्डकी प्रदेशका सांसद तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता फणिन्द्र देवकोटाले गोरखा…