खेलकुद

नजिकै आयो विश्वकप : नेपाली समयअनुसार यस्तो छ खेल तालिका

विश्व फुटबलको महाकुम्भ विश्वकप फुटबल मंसिर ४ गतेबाट सुरु हुँदैछ। कतारमा हुन लागेको विश्वकपको उपाधिका लागि ३२ मैदानमा उत्रिँदै छन्। एसियाली राष्ट्रमा दोस्रो पटक हुन लागेको प्रतियोगिताका लागि सबै राष्ट्रका समर्थकहरू तयार छन्। आफ्नो मनपर्ने टिमलाई समर्थन गर्दै उपाधि जित्नका लागि उत्सुक छन्। हरेक चार वर्षपछि आउने विश्वकप फुटबलको रौनक बेग्लै हुन्छ।

अन्य प्रतियोगिताभन्दा अलग चाम हुन्छ विश्वकप फुटबल। सन् १९३० मा उरुग्वेबाट सुरु भएको विश्वकप सन् २०२२ मा कतारमा २२औँ संस्करण हुँदैछ। लिग खेल प्रत्येक समूहका चारचार टोलीबीच हुनेछ। विश्वकपमा सहभागी हुने ३२ राष्ट्रमा युरोपका १३ देश छन्। चार पटक विश्व विजेता जर्मनी, दुई पटक विश्व विजेता फ्रान्स, एक पटक विश्व विजेता स्पेन र इंग्ल्याण्डसहित डेनमार्क, बेल्जियम, क्रोएशिया, सर्बिया, नेदरल्यान्ड्स, स्विट्जरल्यान्ड, पोर्चुगल, पोल्याण्ड र वेल्स कतारमा खेल्नेछन्।

एशियाबाट छ देश विश्वकप खेल्नका लागि छनोट भएका छन।् जसमा जापान, अष्ट्रेलिया, दक्षिण कोरिया, इरान, साउदी अरब र कतार छन्। अफ्रिकाबाट घाना, सेनिगल, ट्यूनिशिया, मोरक्को र क्यामरून सहभागी छन्। त्यस्तै दक्षिण र उत्तर अमेरिकाबाट समान चार टोलीले कतारमा हुने विश्वकप खेल्ने छन्।

दक्षिण अमेरिकाबाट हालसम्म सबैभन्दा बढी पटक विश्वकप उचालेको ब्रजिल, दुई पटकको विश्व विजेता आर्जेन्टिना र युरुग्वे अनि इक्वेडर प्रतिष्पर्धामा उत्रिदै छन्। उत्तर अमेरिकाबाट भने क्यानडा, मेक्सिको, अमेरिका र कोस्टारिका छन्।

सबैभन्दा धेरैपटक विश्वकप जिते देश ब्रजिल हो। ब्रजिलले पाँच पटक विश्वकपको उपाधि जितेको छ। उसले सन् १९५८, १९६२, १९७०, १९९४ र २००२ को विश्वकप उपाधि उचालेको छ। जर्मनीले चार पटक सन् १९५४, १९७४, १९९०, २०१४ मा विश्वकपको उपाधि जितेको थियो।

इटलीले चार पटक विश्वकपको उपाधि जितेको छ। उसले सन् १९३४, १९३८, १९८२, २००६ को विश्वकप जितेको थियो। आर्जेन्टिनाले दुई पटक सन् १९७८ र १९८६ मा विश्वकपको उपाधि उचालेको थियो।

फ्रान्सले पनि दुई पटक सन् १९९८ र २०१८ मा उपाधि जितेको थियो। उरुग्वेले दुई पटक सन् १९३० र १९५० मा विश्वकप जितेको थियो। स्पेन एक पटक सन् २०१० र इंग्ल्याण्डले पनि एक पटक सन् १९६६ मा विश्वकपको उपाधि जितेको थियो।

यस्तो छ समूह चरणको खेल तालिकाका र नेपाली समय

२०२२ नोमेम्बर २० : १ खेल
कतार भर्सेस इक्वेडर : राति ९:४५

२०२२ नोमेम्बर २१ : २ खेल
सेनेगल भर्सेस नेदरल्यान्ड्स : दिउँसो ३:४५
इङ्ल्यान्ड भर्सेस इरान : साँझ ६:४५

नोमेम्बर २२ : चार खेल
अमेरिका भर्सेस उल्भ्स : राति १२:४५
अर्जेन्टिना भर्सेस साउदी अरेविया : दिउँसो ३:४५
डेनमार्क भर्सेस टुनिसिया : साँझ ६:४५
मेक्सिको भर्सेस पोल्यान्ड : राति ९:४५

नोमेम्बर २३ : चार खेल
फ्रान्स भर्सेस अष्ट्रेलिया : राति १२:४५
मोरोको भर्सेस क्रोएसिया : दिउँसो ३:४५
जर्मनी भर्सेस जापान : साँझ ६:४५
स्पेन र्भेसस कोस्टा रिका : राति ९:४५

नोमेम्बर २४ : चार खेल
बेल्जियम भर्सेस क्यानडा : राति १२:४५
स्विजरल्यान्ड भर्सेस क्यामरुन : दिउँसो ३:४५
उरुग्वे भर्सेस दक्षिण कोरिया : साँझ ६:४५
पोर्चुगल भर्सेस घाना : राति ९:४५

नोमेम्बर २५ : चार खेल
ब्राजिल भर्सेस सर्बिया : राति १२:४५
वेल्स भर्सेस इरान : दिउँसो ३:४५
कतार भर्सेस सेनेगल : साँझ ६:४५
नेदरल्यान्ड भर्सेस इक्वेडर : राति ९:४५

नोमेम्बर २६ : चार खेल
इङ्ल्यान्ड भर्सेस अमेरिका : राति १२
टुनिसिया भर्सेस अष्ट्रेलिया : दिउँसो ३:४५
पोल्यान्ड भर्सेस साउदी अरेविया : साँझ ६:४५
फ्रान्स भर्सेस डेनमार्क : राति ९:४५

नोमेम्बर २७ : चार खेल
अर्जेन्टिना भर्सेस मेक्सिको : राति १२:४५
जापान भर्सेस कोस्टारिका : दिउँसो ३:४५
बेल्जियम भर्सेस मोरोको : साँझ ६:४५
क्रिएसिया भर्सेस क्यानडा : राति ९:४५

नोमेम्बर २८ : चार खेल
स्पेन भर्सेस जर्मनी : राति १२:४५
क्यामरोन भर्सेस सर्बिया : दिउँसो ३:४५
दक्षिण कोरिया भर्सेस घाना : साँझ ६:४५
ब्राजिल भर्सेस स्विजरल्यान्ड : राति ९:४५

नोमेम्बर २९ : तीन खेल
पोर्चुगल भर्सेस उरुग्वे : राति १२:४५
इक्वेडर भर्सेस सेनेगल : राति ८:४५
नेदरल्यान्ड्स भर्सेस कतार : राति ८:४५

नोमेम्बर ३०ः चार खेल
इरान भर्सेस अमेरिका : राति १२:४५
वेल्स भर्सेस इङ्ल्यान्ड : राति १२:४५
टुनिसिया भर्सेस फ्रान्स : राति ८:४५
अष्ट्रेलिया भर्सेस डेनमार्क : राति ८:४५

डिसेम्बर १ : चार खेल
पोल्यान्ड भर्सेस अर्जेन्टिना : राति १२:४५
साउदी अरेविया भर्सेस मेक्सिको : राति १२:४५
क्रोएसिया भर्सेस बेल्जियम : राति ८:४५
क्यानडा भर्सेस मोरोको : राति ८:४५

डिसेम्बर २ः चार खेल
जापान भर्सेस स्पेन : राति १२:४५
कोस्टा रिका भर्सेस जर्मनी : राति १२:४५
दक्षिण अफ्रिका भर्सेस पोर्चुगल : राति ८:४५
घाना भर्सेस उरुग्वे :८:४५

डिसेम्बर ३ : दुई खेल 
सर्बिया भर्सेस स्विजरल्यान्ड : राति १२:४५
क्यामरोन भर्सेस ब्राजिल : राति १२:४५

यस दिन अन्तिम १६ एक खेल हुनेछ। कतारमा हुने विश्वकपका खेलहरु हेर्न यो पटक नेपाली दर्शकहरुलाई सहज छ। प्राय खेलहरु दिउँसो र साँझको समयमा छन्। तर, बलियो मानिएका राष्ट्रहरुको खेलहरु भने राति १२:४५ बाट नै सुरु हुनेछन्।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

बैतडीमा धनगढीबाट जाँदै गरेको बस दुर्घटना, १६ जना घाइते

धनगढीबाट बैतडीतर्फ जाँदै गरेको यात्रुबाहक बस शुक्रबार अपराह्न बैतडीमा दुर्घटना भएको छ। सुपप्र ०१–००१ ख…

57 years ago

गोरखामा अध्ययन सुरु भएको पुरातात्विक भग्नावशेष मल्लकालीन महादेव मन्दिर भएको पुष्टि

गोरखा, असार १९ ।  गोरखा नगरपालिका–१० छेपेटारस्थित महादेवटारी क्षेत्रमा गत वर्ष फेला परेको पुरातात्विक भग्नावशेष…

57 years ago

गोरखामा कालो सिसा हटाउने अभियान : २४ सवारीसाधनबाट कालो सिसा र स्टिकर हटाइयो

गोरखा प्रहरीले सवारीसाधनमा जडान गरिएको कालो सिसा र कालो स्टिकर हटाउने अभियान सञ्चालन गर्दै २४…

57 years ago

असई थमन विक हत्या प्रकरण : पूर्वसांसद लक्ष्मी महतोसहित ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

प्रहरी सहायक निरीक्षक (असई) थमन विकको हत्या प्रकरणमा उच्च अदालत जनकपुरले प्रतिनिधिसभाका पूर्वसांसद लक्ष्मी महतो…

57 years ago

दैलेख दुर्घटना : एक जनाको शव फेला, उद्धार तथा खोजी जारी

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ अन्तर्गत कर्णाली राजमार्गको साङ्गेतडा नजिक सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कप्र ०२–००१ ख…

57 years ago

लुम्बिनीसम्म फैलियो मनसुन, आज काठमाडौंसहित विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं, असार ८ । असार ५ गते कोशी प्रदेशबाट नेपाल प्रवेश गरेको मनसुन आजदेखि लुम्बिनी…

57 years ago