विराज त्रिपाठी
गोरखा । चुनाव नजिकिदै गर्दा प्रचण्डको जाकेट सामाजिक संजालमा भाइरल भएको छ।
हेर्दा समान्य देखिने ज्याकेट एकाएक किन चर्चामा आयो होला भन्ने सबैको चासो रहेको छ। उनले गोर्खा जादा प्रयोग गरेको ज्याकेट कैलास ब्राण्डको मोन्ट अल्ट्रालाइट वाटर-रेपेलेन्ट डाउन मेन हो। कैलास एक आरोहण पोशाक र उपकरण कम्पनी हो, जुन २००३ मा चीनमा स्थापना भएको थियो, जुन चीनमा सबैभन्दा नवीन र प्राविधिक आउटडोर कम्पनीको रूपमा व्यापक रूपमा मान्यता प्राप्त छ।
उक्त ज्याकेट चर्चामा आउनुको कारण हो ज्याकेट को मूल्य । कम्पनीको आधिकारिक वेवसाइट अनुसार उक्त ज्याकेटको मूल्य रु ६२ हजार ७ सय १७ रुपैयाँ ८२ पैसा रहेको छ। उनको तस्बिर शेयर गर्दै एकजनाले लेखेका छन् “उहाँ सर्बहाराको नेता गरिब दुखिको मुक्तिदाता! उहाँको लवाइ-खवाइ अति नै सामान्य छ गान्धी जि को जस्तो! उहाँको बिरोध गर्ने जति जम्मै पस्चगामी,सामान्ती,दलाल हुन् ! “
आधिकारिक मूल्य ६२ हजार भएतापनि प्रचण्डले खरिद गरेको अथवा कसैले उफ्हार दिएको भन्ने चाहिँ एकिन भएको छैन।
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…
गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…
२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…
काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…
२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…
गोरखा। गण्डकी प्रदेशका सांसद तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता फणिन्द्र देवकोटाले गोरखा…