आर्थिक

पृथ्वीजयन्तीको सु–अवसरमा पुस २७ देखि माघ ७ सम्म ११ औं गोरखा महोत्सव हुने

५ पुष २०७९, मंगलवार

विराज त्रिपाठी

गोरखा । ३०१ औं पृथ्वीजयन्तीको सु–अवसरमा गोरखामा पौष २७ गते देखि माघ ७ गते सम्म ११ औं गोरखा महोत्सव एवं प्रदेश स्तरिय कृषि, पर्यटन तथा औधोगिक व्यापार मेला २०७९ हुने भएको छ ।

गोरखा उद्योग बाणिज्य संघको आयोजनामा गोरखा जिल्लाको परिचय आन्तरिक तथा वाह्य क्षेत्रमा गराउने उद्देश्यले महोत्सव मार्फत गोरखाका ऐतिहासिक, धार्मिक महत्वका सम्पदाहरुलाई प्रचार प्रसार गर्ने संघका अध्यक्ष कृष्ण कुमार श्रेष्ठले आईतबार पत्रकार सम्मेलन गर्दे जानकारी दिनुभयो ।

महोत्सव बाट सम्पूर्ण प्रदेशका कृषिजन्य, घरेलु उद्योग, जडिबुटी, फलफुल तथा दग्धजन्य पदार्थ आदि उत्पादनका वस्तुहरुलाई सहज तरिकाबाट मुख्य बजारहरुमा पु¥याउन तथा गोरखाका मनोरम प्राकृतिक दृश्यहरुको अवलोकन गराई आन्तरिक तथा वाह्य पर्यटनहरुलाई जिल्लामा भित्र्याउन सहयोग हुने संघले जनाएको छ ।

महोत्सव अवधिभर म्यान अफ द गोरखा दौड प्रतियोगीता, औधोगीक प्रर्दशनी, हस्तकला प्रदर्शनी, कृषि प्रदर्शनी, खाना महोत्सव, विविध मनोरन्जनात्मक कार्यक्रम एवं दोहोरी गीत कार्यक्रम, खुल्ला युगल तथा गोरखा नगरपालिका भित्रका मा.वि स्तरिय नृत्य प्रतियोगिता, अन्य मनोरन्जनात्मक हास्य व्यङ्गय कार्यक्रम, चौथो गोरखा तारा गायन कार्यक्रम, प्रदेश स्तरिय व्याडमिण्टन प्रतियोगिता, जिल्ला स्तरिय वक्तृत्वकला प्रतियोगिता, रमाइलो मेला, झाँकी प्रर्दशनी प्रतियागिता, रत्यौली गीत प्रतियोगिता, मनोेरन्जनात्मक खेलहरु, शोभायात्रा प्रदर्शनी, विभिन्न प्रदेश क्षेत्रका प्रमुख धार्मिक, पर्यटकिय, ऐतिहासिक क्षेत्रको फोटो तथा वृतचित्र प्रदर्शनी चित्रकला प्रदर्शनी गाउँपालिका तथा नगरपालिका स्तरिय खेलकुद तथा साँस्कृतिक कार्यक्रम आदि हुने संघले जानकारी दिईएको छ ।

महोत्सवमा करिव १०० स्टल रहने गरी फेन्सी आईटमलाई प्राथमिकतामा नराखि कृषि तथा घरेलुबाट उत्पादन वस्तुलाई प्राथमिकतामा राखि घरेलु उत्पादनलाई निशुलक स्टलको व्यवस्था गर्ने संघका अध्यक्षले जानकारी दिनुभयो ।

महोत्सव स्थल प्रवेशका लागि सर्बसाधरणले १०० रुपैयाँ तिर्नुपर्ने छ भने बिद्यार्थी, अपाङ्गता भएका र जेष्ठ नागरिकलाई ५० रुपैया तिर्नुपर्ने छ । करिव ५० हजार दर्शकले महोत्सवको अवलोकन गर्ने अनुमान संघको रहेको छ । साथै महोत्सव संचालन गर्न ५१ लाख ८१ हजार खर्च हुने र पाँच लाख ५० हजार बचत हुने अनुमान संघको छ। ‘बचत भएको रकम ब्यवशायीको हकहित, संघको बहुउद्देश्यीय शभाहल निर्माण पुरा गर्न, जिल्लामा पर्यटनका कार्यक्रम संचालन र पत्रकार महासंघ गोरखाको भबन निर्माणमा पनि केही सहयोग गर्ने योजना रहेको महोत्सवका मुल संयोजक समेत रहेका संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

पर्सामा धान रोपिरहेका बेला चट्याङ पर्दा सात महिला घाइते

पर्साको पकहामैनपुर गाउँपालिका–१ स्थित सीमावर्ती क्षेत्रमा धान रोपिरहेका बेला चट्याङ पर्दा सात जना महिला घाइते…

57 years ago

माइक्रोबस दुर्घटनामा सहचालकको मृत्यु, सात यात्रु घाइते

रुपन्देहीको ओमसतिया गाउँपालिका–२ सरस्वती टोलस्थित सिद्धार्थ राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ…

57 years ago

८ महिनामै बनेको लुदी खोला मोटरेबल पुल उद्घाटन, मनकामना यात्रामा सहजता

गोरखा। गोरखाको स्याउली बजार–भट्टफाँट–मनकामना सडक अन्तर्गत निर्माण सम्पन्न भएको लुदी खोला मोटरेबल पुल उद्घाटन गरिएको…

57 years ago

गोरखामा वृद्ध महिलाको गरगहना लुट्ने आरोपमा बुहारी पक्राउ

गोरखा। गोरखाको शहीद लखन गाउँपालिका–४ ताक्लुङ, बाँझोगरामा ८५ वर्षीया दिलमाया रानाको गरगहना लुटिएको घटनामा प्रहरीले…

57 years ago

औषधीय र औद्योगिक प्रयोजनका लागि गाँजा खेती वैधानिक बनाउने विधेयक गण्डकी प्रदेशसभाबाट पारित

पोखरा । गण्डकी प्रदेशसभाले औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र व्यवस्थापन गर्ने…

57 years ago

पालुङटारका ४ हजार ५८२ सामुदायिक विद्यालयका विद्यार्थीको दुर्घटना बिमा

गोरखा । पालुङटार नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत ४ हजार ५८२ जना विद्यार्थीको सामूहिक दुर्घटना…

57 years ago