आर्थिक

भोकमरी सूचकांकमा नेपालको अवस्था सुधारोन्मुख, भारत भन्दा अगाडि

माघ १८ । नेपालमा भोकमरीको अवस्था सुधारोन्मुख रहेको देखिएको छ । विश्व भोकमरी सूचकाङ्‍क प्रतिवेदन २०२२ अनुसार नेपालको भोकमरी अवस्थामा अघिल्लो तथ्यांकको तुलनामा सुधार भएको देखिएको छ । कन्सर्न वर्ल्डवाइड र वेल्ट हङ्गर हाइलाइफले तयार पारेको यो प्रतिवेदन एनजीओ फेडेरेसनले सार्वजनिक गरेको हो ।

प्रतिवेदन अनुसार नेपालको अवस्था सन् २००० मा जोखिमपूर्ण थियो । सन् २००७ र सन् २०१४ मा नेपालको अवस्था गम्भीर तर, जोखिमपूर्ण अवस्थाबाट सुधारमा आएको देखिएको थियो । सन् २०२२ को तथ्यांकमा भने नेपालले मध्यम जोखिमको अवस्थामा सुधार गरेको छ । नयाँ सूचकाङ्‍कमा १२१ मुलुकको भोकमरीको अवस्था सार्वजनिक गरिएको छ । जहाँ नेपालले १९.१ अंकका साथ ८१औं स्थानमा छ । सन् २०१४ यता नेपालले भोकमरी अवस्थामा २ अंकको सुधार गरेको छ ।

कुन वर्ष नेपालले कति अंक पायो ?

• सन् २००० : ३७.०

• सन् २००७ : ३०.०

• सन् २०१४ : २१.२

• सन् २०२२ : १९.१

प्रतिवेदनअनुसार भोकमरीको जोखिम कम रहेको मुलुकको सूचीमा बेलारुस एक नम्बरमा छ भने १२१औं नम्बरमा यमन छ । यमनमा भोकमरी दर उच्च रहेको प्रतिवेदनमा उल्लेख छ ।

भारतभन्दा नेपालमा कम भोकमरी

विश्व भोकमरी सूचकाङ्‍कमा दक्षिण एशियामा नेपाल अन्य मुलुकको तुलनामा माथि देखिएको छ । भारत, पाकिस्तान, बंगलादेश र अफगानिस्तान नेपाल भन्दा कमजोर देखिएका छन् ।

बंगलादेश १९.६ अंकसहित ८४औं स्थानमा बंगलादेश छ भने २६.१ अंकसहित सूचीको ९९औं स्थानमा पाकिस्तान छ । यस्तै २९.१ अंकसहित भारत विश्व भोकमरीयुक्त मुलुकको १०७ औं स्थानमा छ भने २०.९ अंक पाएको अफगानिस्तान दक्षिण एशियाली क्षेत्रमा ११०औं सूची सहित अन्तिममा छ ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago