Categories: समाचार

ल्होत्से मलमा मोबाइल पसल तोडफोड र लुटपाट प्रती गोरखामा कोण सभा

गोरखामा २०७९ फाल्गुन १ गते काठमाडौंको ल्होत्से मलमा रहेका २ वटा मोबाइल पसल तोडफोड र लुटपाट प्रति घोर भत्सर्ना स्वरुप नेपाल मोबाईल व्यावसायि महासंघ जिल्ला समिति गोरखाले कोण सभा गरेको छ ।

नेपाल मोबाईल व्यावसायि महासंघ जिल्ला समिति गोरखाका अध्यक्ष सुमन कार्कीका अनुसार करोडौं लगानी गरि गरिएको व्यावसाय लुटपाट र तोडफोड गरि व्यावसायि मर्नुको विकल्प बाहेक नरहेको जसकारण क्षतिपुर्ती दिनुपर्ने र दोषिलाई कारबाहि गर्नुपर्ने भबिस्यका लागि सम्पुर्ण ब्यबसाय को सुरक्षाको अनुभुती सरकारले गराउनु पर्ने माग सहित कोण सभा गरिएको अध्यक्ष कार्कीको भनाइ रहेको छ ।

जरिवाना रकम घटाउनुपर्ने र पाँच पटक ट्राफिक कारबाहीमा परे सवारी चालक अनुमतिपत्र रद्द हुने प्रावधान खारेज गर्नुपर्ने मागसहित यातायात मजदुर सोमबार प्रदर्शनमा उत्रिएका थिए । त्यस क्रममा ल्होत्से मलमा रहेका २ वटा मोबाइल पसल र काठमाडौं सुपर मार्केटमा तोडफोड र लुटपाट भएको थियो ।

मजदुर संगठनहरूले नयाँ बसपार्क परिसरमा विरोध कार्यक्रम राखेका थिए । तर, बसपार्क व्यवस्थापन जिम्मा पाएको ल्होत्से बहुउद्देश्य प्रालि प्रशासनले कार्यक्रम राख्न दिएन । त्यसपछि रुष्ट मजदुरले नाराबाजी गर्न थालेपछि ल्होत्से समर्थित र पहिचान नभएका व्यक्तिहरूले मजदुरको कार्यक्रम बिथोलेकाले परिस्थिति हिंसात्मक बन्न पुगेको आन्दोलनरत पक्षको दाबी छ । दुवै पक्ष आम्नेसाम्ने बनेसँगै प्रदर्शनले उग्ररूप लिँदा प्रहरीका भ्यान जलाइएका थिए । प्रहरी बिटमा पनि आगजनी गरिएको थियो । अरू बेला सडकमा हुने प्रदर्शनमा अश्रुग्यास, पानीका फोहोरा प्रहार गरेर घटनालाई नियन्त्रणमा लिने प्रहरीले सोमबार भने बल प्रयोग गरेन, जसका कारण लुटपाट र हिंसात्मक घटना हुन पुग्यो ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

दरौदी नदीमा बेपत्ता भएका शम्शेर नेपाली मृत फेला

गोरखा, साउन ६ । गोरखाको अजिरकोट गाउँपालिका–४ तालफुटेघाटस्थित दरौदी नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका…

57 years ago

बसपार्क होटलमा युवती हत्या प्रकरण: दुई पक्राउ, लुटिएको एक लाख रुपैयाँको बदलामा हत्या

काठमाडौंको नयाँ बसपार्कस्थित होटल माउन्टेन एल्सिभामा साउन ३ गते मृत फेला परेकी २५ वर्षीया युवतीको…

57 years ago

बारीमा काम गर्न गएका युवक मृत फेला

गोरखा, साउन ५ । गोरखाको भीमसेन थापा गाउँपालिका–२ बगुवाका ३३ वर्षीय सागर भट्ट मृत अवस्थामा…

57 years ago

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३३ जना घाइते

चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरेस्थित मुग्लिङ–नारायणगढ सडकखण्डमा आइतबार बिहान दुई बस र एक ट्रक एकापसमा ठोक्किँदा…

57 years ago

पर्सामा धान रोपिरहेका बेला चट्याङ पर्दा सात महिला घाइते

पर्साको पकहामैनपुर गाउँपालिका–१ स्थित सीमावर्ती क्षेत्रमा धान रोपिरहेका बेला चट्याङ पर्दा सात जना महिला घाइते…

57 years ago

माइक्रोबस दुर्घटनामा सहचालकको मृत्यु, सात यात्रु घाइते

रुपन्देहीको ओमसतिया गाउँपालिका–२ सरस्वती टोलस्थित सिद्धार्थ राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ…

57 years ago