Categories: समाचार

डोटीमा जिप दुर्घटना हुदा एक महिलाको मृत्यु ६ जना घाइते

डोटी । डोटीमा भएको जिप दुर्घटनामा परि घाइते भएकी एक महिलाको मृत्यु भएको छ । मङ्गलवार बिहान भएको जिप दुर्घटना परि गम्भीर घाइते भएकी ६५ बर्सिया धौली बिस्टको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक देवेन्द्र जोशीका अनुसार कोहलपुर मेडिकल कलेज नेपालगन्जमा मङ्गलवार साँझ उनको उपचारका क्रममा मृत्यु भएको हो । उनलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको थियो । मङ्गलवार बिहान सिलगढी स्थित अदालत मोड नजिक भएको जिप दुर्घटनामा परि उनी सहित ६ जना घाइते भएका थिए । सिलगढीबाट दिपायल जाँदै गरेको सु.प्र.प ०१००१ ज १२५९ नम्बरको जिप र विपरीत दिशाबाट आइरहेको सु.प्र.प ०१०१० प ४७७४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।

घाइते मध्य गम्भीर घाइते जिपमा सवार मृतक विष्ट र मोटरसाइकल चालक विष्णु बोहरालाई नेपाली सेनाको (एनए-०६१) हेलिकप्टरबाट कोहलपुर मेडिकल कलेज नेपालगन्ज रेफर गरिएको थियो । घाइते बोहराको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सोही दुर्घटनामा परी घाइते भएका अन्य ४ जनालाई पनि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ । घाइते २९ बर्सिया टङ्क कुमारी उपाध्याय, २४ बर्सिया दुर्गा देवी बिस्ट, ४९ वर्षीय जीर्ण बम र डेढ वर्षीय बालक सिर्जन बिस्टलाई एम्बुलेन्सबाट नेपालगन्ज पठाइएको हो ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago