कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको गाडी तोडफोड प्रयास भएको छ । ओखलढुंगा सदरमुकामबाट तलुवा सामुदायिक भवन उद्घाटन गर्न जाने क्रममा गोरुमारे भञ्ज्याङमा आन्दोलनकारीले सवारी तोडफोडको प्रयास गरेका हुन् ।
प्रदेशको नाम कोसी राखेको विरोधमा उत्रिएका पहिचान पक्षधर आन्दोलनकारीले मुख्यमन्त्री सवार गाडीको झन्डा भाँचेर फालेका छन् । उनीहरूले मुख्यमन्त्रीलाई कालोझन्डासमेत देखाएका थिए ।
पहिचानका आधारमा नामकरण गर्न माग गर्दै प्रदेशभर आन्दोलन भइरहेका वेला ओखलढुंगा आएका मुख्यमन्त्रीलाई विरोधस्वरूप कालोझन्डा देखाइएको किराँत–राई यायोक्खाका अध्यक्ष थगेन्द्रराज राईले बताए ।
मुख्यमन्त्री कार्की शनिबार बेलुकादेखि ओखलढुंगामा छन् । उनले आइतबार रुम्जाटारमा आयोजित कार्यक्रममा कोसी प्रदेशको नाम संशोधन नहुने र संशोधन गर्नुपर्ने भए अर्को चुनावमा बहुमत ल्याएर अर्को नाम राख्न चुनौती दिएका थिए ।
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…
गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…