ट्विटरका सीईओ एलन मस्कले गतवर्ष कम्पनी खरिद गर्नु अघि नै एक सर्वेक्षणात्मक पोस्ट गर्दै कम्पनीको नाम परिवर्तन गर्ने वा नगर्ने भनेर सोधेका थिए । त्यसमा ५६ प्रतिशत प्रयोगकर्ताले गर्ने भन्नेमा मत राखेका थिए ।
केही दिनअघिदेखि ट्विटरको मुख्यालयमा कम्पनीको साइनबोर्डमा डब्लु हटाइएको तस्बिरहरु सार्वजनिक भएका थिए । तर, धेरैले त्यो फोटोसप गरेको हुनसक्ने भन्दै खासै मतलब गरेका थिएनन् ।
तर, सोमबार मस्क आफैले यसको पुष्टि गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमा मस्कले ट्विटरको मुख्यालयमा रहेको साइनबोर्डमा ट्विटरको अक्षरमध्ये डब्लुमाथि रंग लगाएको फोटो पोस्ट गरेका छन् । मस्कले फोटो सेयर गर्दै लेखेका छन्, “हाम्रो घरधनीले कानुनी रुपमा ट्विटरको नामबाट डब्लु हटाउन नसकिने भनेपछि हामीले यसलाई रंगाइदियौं, समस्या समाधान भयो ।”
मस्कले केहीदिन अघि ट्विटरको आइकन फेरेका थिए । तर, त्यसको केही दिनपछि पुनः उनले पुरानै आइकन राखेका थिए । ५१ वर्षका अर्बपति लामो समय विश्वकै धनाढ्य रहेका मस्क स्पेसएक्स, टेस्ला, स्टारलिंक, बोरिंग कम्पनीका संस्थापक एवं मालिक हुन् ।
गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…