Categories: समाचार

मलाई सलामी दिनुपर्दैन, जिल्ला आउँदा नाकामा लिन नआउनु : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफुलाई सलामी नदिन र जिल्ला आउँदा नाकामा लिन नआउन अनुरोध गरेका छन् ।

बिहिवार लमजुङमा कार्यालय प्रमुखहरुसँगको भेटघाटका क्रममा उनले भने ‘यो सालमी दिने परम्परा पहिले थियो होला, अब यसलाई बदल्नुपर्छ, मलाई सलामी कहिँकतै नदिनुहोला, यहाँबाट सबैलाई भन्न चाहान्छु ।’

साथै मुख्यमन्त्री पाण्डेले जिल्ला आएका समयमा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु नाकामा स्वागत गर्न जाने, लिन जाने परम्परा पनि हटाउन सुझाब दिए । ‘जनताको काम छाडेर मलाई नाकामा लिन नआउनु’ उनले भने ‘तपाईहरुको स्वागत सत्कारलाई अन्यथा भन्न खोजेको होईन, तर त्यहाँसम्म जाँदा खर्च हुने समय, राज्यको साधन स्रोतको ख्याल गरौँ ।’ जिल्लामा आउने कार्यक्रममै भेटघाट हुने भन्दै उनले सबै जिल्लालाई यो सन्देश दिएका हुन् ।

जिल्ला गएका बेला मुख्यमन्त्रीलाई जिल्ला प्रशासन कार्यालयमा प्रहरीले सलामीदिने गर्छ । प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुखहरु जिल्ला भित्रने नाकामा स्वागतकालागि पुग्ने गर्छन । मुख्यमन्त्री पाण्डेले सलामी, स्वागत, सत्कार भन्दा जनताको समस्यामा ध्यान केन्द्रित गर्न सबै कर्मचारीलाई निर्देशन दिए ।

नागरिकलाई सहज सेवा दिन मालपोत, नापी, प्रशासन लगायतका कार्यालयले टाईकार्ड लागुगर्दा सहज हुने उनले बताए । ‘जनतालाई शुसासन महशुस हुने गरी तपाईहरुले काम गर्नुहोला’ मुख्यमन्त्री पाण्डेले भने ‘हाम्रा कमिकमजोरीले अहिलेको ब्यवस्थामाथि खतरा उत्पन्न हुन दिन हुँदैन ।’ ठेक्का लागेर पुरा हुन नसकेका योजना सम्पन्न गर्न गम्भिर भएर लाग्न उनले जिल्लाका सरोकारवालालाई निर्देशन दिए ।

लमजुङका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जिल्लाको बस्तुस्थिती र समस्याका बारेमा मुख्यमन्त्री समक्ष जानकारी गराएका थिए । समस्या सुनेपछि मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारको साधन स्रोत र क्षमताले भ्याएसम्म सहयोग गर्ने बताए ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

बारीमा काम गर्न गएका युवक मृत फेला

गोरखा, साउन ५ । गोरखाको भीमसेन थापा गाउँपालिका–२ बगुवाका ३३ वर्षीय सागर भट्ट मृत अवस्थामा…

57 years ago

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३३ जना घाइते

चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरेस्थित मुग्लिङ–नारायणगढ सडकखण्डमा आइतबार बिहान दुई बस र एक ट्रक एकापसमा ठोक्किँदा…

57 years ago

पर्सामा धान रोपिरहेका बेला चट्याङ पर्दा सात महिला घाइते

पर्साको पकहामैनपुर गाउँपालिका–१ स्थित सीमावर्ती क्षेत्रमा धान रोपिरहेका बेला चट्याङ पर्दा सात जना महिला घाइते…

57 years ago

माइक्रोबस दुर्घटनामा सहचालकको मृत्यु, सात यात्रु घाइते

रुपन्देहीको ओमसतिया गाउँपालिका–२ सरस्वती टोलस्थित सिद्धार्थ राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ…

57 years ago

८ महिनामै बनेको लुदी खोला मोटरेबल पुल उद्घाटन, मनकामना यात्रामा सहजता

गोरखा। गोरखाको स्याउली बजार–भट्टफाँट–मनकामना सडक अन्तर्गत निर्माण सम्पन्न भएको लुदी खोला मोटरेबल पुल उद्घाटन गरिएको…

57 years ago

गोरखामा वृद्ध महिलाको गरगहना लुट्ने आरोपमा बुहारी पक्राउ

गोरखा। गोरखाको शहीद लखन गाउँपालिका–४ ताक्लुङ, बाँझोगरामा ८५ वर्षीया दिलमाया रानाको गरगहना लुटिएको घटनामा प्रहरीले…

57 years ago