Categories: समाचार

प्रदेशलाई संस्थागत गर्ने गरि नीति कार्यक्रम आउनेछ : मुख्यमन्त्री पाण्डे

१५ जेठ २०८० गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशलाई संस्थागत गर्ने गरि सरकारले नीति कार्यक्रम ल्याउने बताएका छन् । १६ औँ गणतन्त्र दिबसको अवसरमा सोमवार गण्डकी प्रदेश सरकारले आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले भने ‘यो सुन्दर ब्यवस्थालाई अझै मजवुत बनाउन गण्डकी प्रदेश सरकार दृढ संकल्पका साथ अघि बढिरहेको छ ।’

लोकतान्त्रिक गणतन्त्रात्मक ब्यवस्थालाई संस्थागत गर्न संविधानले परिकल्पना गरे बमोजिम संघ, प्रदेश र स्थानीय सरकारको जनताप्रति आ–आफ्नै उत्तरदायित्व रहेको उनले बताए । ‘यो संवैधानिक ब्यवस्थाको अवधारणा संस्थागत गर्न सहयोग पुग्ने गरि प्रदेश सरकारले आफ्ना नीति कार्यक्रम, योजना र बजेट ब्यवस्था गरेको छ’ मुख्यमन्त्री पाण्डले भने । आगामी वर्षकालागि प्रदेश सरकारले नीति कार्यक्रम र बजेटको तयारी गरिरहेका बेला मुख्यमन्त्री पाण्डेले यस्तो बताएका हुन् ।

नेपालको संविधानले मौलिक हकका रुपमा ब्यवस्था गरेको शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा, सरसफाई खानेपानी पर्यावरण लगायत आधारभुत अधिकारलाई ब्यवहारिक रुपमा कार्यन्वयन गर्नु सरकारको प्रमुख दायित्व रहेको उनले बताए । सबैजाति, भाषा, धर्म र समुदायको सुदृढ राष्ट्रिय एकताको बलमा मुलुकलाई सामाजिक, आर्थिक समृद्धिको दिशामा लैजानु आजको राष्ट्रिय आवश्यकता रहेको मुख्यमन्त्री पाण्डेले बताए ।

प्रदेश सरकारले कृषि उत्पादनमा लाग्ने लागत कम गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले लिफ्ट सिंचाईमा लाग्ने विद्युत महशुसल निशुल्क गर्ने, लिफ्टीङ खानेपानी योजनामा पनि विद्युत महशुल निशुल्क गर्ने निर्णय गरेको मुख्यमन्त्री पाण्डेले बताए । सन्तुलित विकास र झन्झटमुक्त सेवा प्रवाहको माग संवोधन गर्नु लोकतान्त्रिक सरकारको कर्तब्य भएको बताउँदै मुख्यमन्त्री पाण्डेले भने ‘जनअपेक्षा पुरा गर्न थप प्रयत्न गर्नुपर्ने अवस्था देखिएको छ, प्रदेश सरकार सिमित स्रोत साधनको तालमेल मिलाउन प्रयासरत छ ।’

मुलुक परिर्वतनको सम्बाहकको रुपमा रहेको युवा शक्तिमा मुलुक भित्रै नै केहि गर्न सकिन्छ भन्ने सकारात्मक भावनाको विकास गर्नु आजको प्रमुख चुनौतिको रुपमा देखा परेको छ । यो चुनौतीलाई सम्बोधन गर्नकालागि युवाहरुलाई शासन ब्यवस्थामा सहभागिता गराउन प्रोत्साहन, युवा उद्यमशीलता, नवपर्वद्धन र स्वरोजगार जस्ता कार्यक्रम मार्फत प्रदेश सरकारप्रति सकारात्मक भाबनाको विकास गराउने मुख्यमन्त्री पाण्डेले बताए ।

प्रदेशको बिकास र समृद्धिको लागि पहिचान गरिएका सात मुख्य सम्बाहक पर्यटन उर्जा, कृषि, उद्योग, भौतिक पूर्वाधार, मानव शंसाधन र सुशासनलाई केन्द्रबिन्द्मा राखेर सरकारले काम गर्ने मुख्यमन्त्री पाण्डेले बताए ।

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङको प्रमुख आथित्यतामा भएको कार्यक्रममा सर्वोउत्कृष्ट कार्यालय, उत्कृष्ट कार्यालय, राष्ट्रसेवक कर्मचारीलाई पुरस्कृत गरिएको थियो । दिबसको अवसरमा शहीद पार्कदेखि मुख्यमन्त्री कार्यालय सम्म प्रभातफेरी गरिएको थियो । शहीदपार्कमा रहेको शालिकमा मुख्यमन्त्री सहित मन्त्रीहरु, सांसद लगायतले शहीदहरुको स्मरणमा श्रद्धान्जली अर्पण गरेका थिए ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

बैतडीमा धनगढीबाट जाँदै गरेको बस दुर्घटना, १६ जना घाइते

धनगढीबाट बैतडीतर्फ जाँदै गरेको यात्रुबाहक बस शुक्रबार अपराह्न बैतडीमा दुर्घटना भएको छ। सुपप्र ०१–००१ ख…

57 years ago

गोरखामा अध्ययन सुरु भएको पुरातात्विक भग्नावशेष मल्लकालीन महादेव मन्दिर भएको पुष्टि

गोरखा, असार १९ ।  गोरखा नगरपालिका–१० छेपेटारस्थित महादेवटारी क्षेत्रमा गत वर्ष फेला परेको पुरातात्विक भग्नावशेष…

57 years ago

गोरखामा कालो सिसा हटाउने अभियान : २४ सवारीसाधनबाट कालो सिसा र स्टिकर हटाइयो

गोरखा प्रहरीले सवारीसाधनमा जडान गरिएको कालो सिसा र कालो स्टिकर हटाउने अभियान सञ्चालन गर्दै २४…

57 years ago

असई थमन विक हत्या प्रकरण : पूर्वसांसद लक्ष्मी महतोसहित ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

प्रहरी सहायक निरीक्षक (असई) थमन विकको हत्या प्रकरणमा उच्च अदालत जनकपुरले प्रतिनिधिसभाका पूर्वसांसद लक्ष्मी महतो…

57 years ago

दैलेख दुर्घटना : एक जनाको शव फेला, उद्धार तथा खोजी जारी

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ अन्तर्गत कर्णाली राजमार्गको साङ्गेतडा नजिक सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कप्र ०२–००१ ख…

57 years ago

लुम्बिनीसम्म फैलियो मनसुन, आज काठमाडौंसहित विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं, असार ८ । असार ५ गते कोशी प्रदेशबाट नेपाल प्रवेश गरेको मनसुन आजदेखि लुम्बिनी…

57 years ago