राजनीति

परिबर्तनले जनतालाई राहत दिन सकेन,उल्टो संकटको चक्रब्युहमा फस्यो: कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले २०६२/०६३ पछिको परिबर्तनले जनतालाई राहत दिन नसकेको उल्टो संकटको चक्रब्युहमा फसेको बताएका छन् ।
आज पार्टीको काठमाडौं जिल्ला भेलालाई सम्बोधन गर्दै थापाले बिगतका त्रुटि कमजोरी सच्याउदै राप्रपा नेपाललाई पुनर्जागृत गरेको समेत बताए । १७ बर्ष देखि राजनितीक बर्चश्व जमाएर ठुला भन्ने दलहरुले मुलुकमा बेथिति ,बिसङ्गती, कुशासन र ब्रम्हलुट मच्चाएको भन्दै थापाले मुलुकको स्वाधिनता कमजोर बनाउने ,अर्थतन्त्र धराशायी पार्ने , बेरोजगारी र भ्रस्टाचारको दलदलमा देशलाई फसाउने र धर्म परिबर्तनको डढेलो लगाउनेहरुले मुलुकलाई स्थिरता दिन नसक्ने पनि दाबी गरे ।
धर्म, संस्कृती र परम्परा नष्ट नगरी समेत मुलुकलाई बलियो बनाउन सकिन्छ भन्ने चेत शासकहरुसङ्ग नहुनु बिडम्बना भएको उनको तर्क छ । शक्ति,स्वार्थ र अबसरको बाटो सजिलो हुने तर निष्ठा,आदर्श र त्यागको मार्ग कठिन हुने भन्दै थापाले इमानदारीका साथ निष्ठाका बाटो हिड्नेहरु गन्तब्यमा पुग्ने बताए । जनतालाई केन्द्रमा राखेर राप्रपा नेपाल सडक केन्द्रित हुने समेत स्पष्ट पारे ।
कार्यक्रममा पार्टीका उपाध्यक्ष जयकुमार खड्का,महामन्त्री राजाराम बर्तौला , नर थापा, डम्बर शिवाकोटी ,राजकुमार खड्का,श्याम घिमिरे ,दिनेश नापित लगायतले बोलेका थिए ।
eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा ग्यास चोरी पुष्टि, गणेश भाडा पसललाई ३ लाख जरिवाना; ‘जरिवाना तिरेरै उन्मुक्ति?’

गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…

57 years ago

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago