Categories: समाचार

इन्टरनेट र फोन महशुल घटाउन गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेको सेवा प्रदायकलाई सुझाब

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले इन्टरनेट र फोन महशुल घटाएर सहज रुपमा स्तरीय सेवा दिन सेवा प्रदायकहरुलाई सुझाब दिएका छन् । शुक्रवार पोखरामा आयोजित गण्डकी प्रदेशमा दुरसञ्चार सेवाको वर्तमान अवस्था, गुणस्तर विषयमा सेवा प्रदायक र सरोकारवालासँगको अन्तरक्रियामा उनले यस्तो बताएका हुन् ।
‘दुरसञ्चारको सेवाले विश्वनै साँघुरिएको छ, मानिसहरुलाई हातहातमा छिटो सेवा चाहिएको छ’ उनले भने ‘अहिले भएको भन्दा सस्तो र स्तरीय सेवा दिने गरी सेवाप्रदायकले काम गर्नुपर्छ ।’ अहिले पनि दुर्गम हिमाली र उच्च पहाडी भेगमा दुरसञ्चार सेवा प्रभावकारी नभएको बताउँदै उनले सेवा बिस्तारमा ध्यान दिन अनुरोध गरे ।
‘सेवाप्रदायक संस्था नाफामुखी भए भन्ने आरोप पनि छ’ मुख्यमन्त्री पाण्डेले भने ‘नाफा थोरै गरेर सेवामा सहुलियत दिऔँ ।’ संचार सेवा ब्यक्तिको स्वतन्त्रतासँग पनि जोडिएको बताउँदै उनले अहिले स्वतन्त्रताको नाममा प्रविधि दुरुपयोगको घटनापनि बढेको बताए ।
गण्डकी प्रदेश भित्र संचार सेवामा देखिएका समस्या, समाधानका उपाए, अझै स्तरीय सेवा सुविधा दिन प्रदेश सरकारले खेल्नुपर्ने भुमिका, गर्नुपर्ने काम, प्राधिकरणको योजना लगायतका बारेमा छलफलबाट समाधान निकाल्न मुख्यमन्त्री पाण्डेले अनुरोध गरे ।
नेपाल दुर सञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम प्रसाद खनालले अन्तरक्रियापछि सेवा बिस्तार र गुणस्तर कायम गर्नमा मद्धत पुग्ने बताए ।
उक्त कार्यक्रममा गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर कृष्णचन्द्र देवकोटा, स्थानीय तहका जनप्रतिनिधि, सेवा प्रदायक संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago