Categories: समाचार

नेपालमा विद्युतीय सवारीको प्रयोगलाई प्रोत्साहन गर्न तीन दिन नेपाल ईभी एक्स्पो हुँदै

साउन १ । इलेक्ट्रिक भेइकल म्यानुफ्याक्चरर्स एन्ड ईम्पोर्टर्स असोसिएसन अफ नेपाल (EVMIAN), मीडिया स्पेस सोलुसनस तथा फ्युचरएक् ट्रेड फेर एण्ड इवेंट्स को सयुक्त आयोजनामा यही भाद्र १५, १६ र १७ गते काठमाडौँको भृकुटीमण्डपमा नेपाल ईभी एक्स्पो सुरू हुने भएको छ । नेपालमा विद्युतीय सवारीको प्रयोगलाई प्रोत्साहन गर्ने उदेश्यका साथ एक्स्पो आयोजना हुन गइरहेको आयोजकले जानकारी गराएका छन् ।

विद्युतीय सवारीलाई प्रवर्द्धन तथा प्रोत्साहन गर्ने उदेश्यले ३ दिनसम्म सञ्चालन हुने एक्स्पोमा १०० भन्दा बढी प्रतिष्ठित कम्पनीहरूको सहभागिता र १५० भन्दा धेरै ब्राण्डका गाडी तथा विद्युतीय सामग्रीहरु प्रदर्शनीका लागि राखिने आयोजकले जनाएका छन् । एक्स्पोमा विशेष गरी विद्युतीय कार, विद्युतीय स्कुटर, मोटरसाइकल, साइकल, विद्युतीय बस, रिक्सा तथा विद्युतीय चार्जिङ स्टेशन, ब्याट्री तथा अन्य विद्युतीय सामग्रीहरू, अटोकम्पोनेण्ट, टायर, व्याट्री, ग्यारेज इक्यूपमेण्टस, चार्जिङ स्टेशन लगायत बैंक तथा इन्स्योरेन्स कम्पनीहरुको उल्लेखनिय सहभागिता रहने विश्वास आयोजकले लिएका छन् ।

यसका साथै व्यापार तथा वित्तीय क्षेत्रका नेतृत्वकर्ता, अटोमोटिभ सोरुमका सञ्चालक, डिलर, बिक्रेता, आयातकर्ताहरू, सरकारी अधिकारी, कर्पोरेट हाउस, नयाँ लगानीकर्ता लगायत सबैका लागि यो साझा चौतारी हुने तथा प्रदर्शनीले विद्युतीय गाडीको क्षेत्रमा नयाँ आयाम थप्नुका साथै साझेदारीका लागि नयाँ लगानीकर्ताहरूलाई पनि प्रोत्साहित गर्ने र विद्युतीय यातायातका क्षेत्रमा भएका पछिल्ला विकासहरू पनि प्रदर्शनीमा देख्न पाइने आयोजकले जानकारी गराएका छन् । पछिल्ला दशकहरूमा विद्युतीय गाडीको लोकप्रियता बढ्दो क्रममा रहेको छ । यसका साथै उत्पादीत विद्युत खपत बढाउनका लागि पनि पहिलो प्राथमिकतामा विद्युतीय सवारी रहेकोले प्रवर्द्धन गर्न लागिएको जनाइएको छ । विद्युतीय यातायातको सुविधाले परम्परागत गाडीहरूले निम्त्याउने स्वास्थ्यका साथै जलवायु परिवर्तनका समस्याहरू पनि कम गर्दछ । यसरी विद्युतीय गाडीको प्रयोगले वैकल्पिक ऊर्जाहरूको खपतलाई प्रोत्साहन गर्दै देश भित्रै क्लिन इनर्जीको खपत बढाउँछ ।

यसका साथै प्रदर्शनीले पछिल्ला दिनमा विद्युतीय गाडीका क्षेत्रमा भएका विकास र परिवर्तनलाई पनि जनमानसमा सूचित गर्ने बताइएको छ । गत आर्थिक बर्षको तथ्यांक हेर्ने हो भने आयातका हिसाबले कार जिप भ्यानको शिर्षकमा विधुतिय सवारीको हिस्सा झन्डै ४० प्रतिशत रहेको छ भने विद्युतिय दुइ पाग्रे , रिक्सा माइक्रोवस वस तथा अन्य सवारी साधनहरुमा पनि उल्लख्य रुपमा वढेको छ । आउने बर्षहरुमा विधुतिय सवारीको बजार क्षेत्र अझै विस्तारित हुँदै जानेमा कुनै संका छैन ।

हालका दिनहरुमा प्रायजसो ग्राहकहरुको रोजाइ विधुतिय सवारी नै हुने गरेको र आर्थिक मन्दी को अवस्थामा पनि विधुतिय सवारीहरु राम्रो सँग बिक्री भै रहेको EVMIAN का अध्यक्ष तथा यस एक्स्पोका सम्योजक श्याम सुन्दर सापकोटाले वताउनु भयो । EVMIAN को उदेस्य र कार्यक्रमहरु माथि थप प्रस्ट पार्दै सापकोटाले, EVMIAN विधुतिय सवारी साधन सम्बन्धी काम गर्ने आयतकर्ता , निर्माणकर्ता , ब्यवसायी , डिलर , चार्जिङ स्टेसन सन्चालक सबैको साझा संस्था रहेको र बिगत ११ बर्ष देखी विधुतिय सवारीको प्रवर्धन , विस्तार तथा निती निर्माणको काममा सहयोग गर्दै आएको ईतिहास बोकेको सस्था हो । यो एक्स्पो EVMIAN को आयोजनामा हुन गै रहेको पहिलो कार्यक्रम भयतापनी भविस्यमा पनि यसलाई निरन्तरता दिने र अझै परीस्क्रित गर्दै लगिने सापकोटाले वताउनु भयो ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा ग्यास चोरी पुष्टि, गणेश भाडा पसललाई ३ लाख जरिवाना; ‘जरिवाना तिरेरै उन्मुक्ति?’

गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…

57 years ago

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago