मनोरञ्जन

‘कमेडी क्लब विथ च्याम्पियन’ को प्रसारण हाललाई स्थगित

साउन २ । टेलिभिजन कार्यक्रम ‘कमेडी क्लब विथ च्याम्पियन’ को प्रसारण हाललाई स्थगित गरिएको छ । विशाल भण्डारीले निर्देशन गर्दै आएको उक्त कार्यक्रम ६९ औं एपिसोडपछि बन्द भएको निर्माण टिमले जानकारी दिएको हो।

कार्यक्रममा ‘कमेडी च्याम्पियन १ र २’का प्रतिस्पर्धीहरु पवन भट्टराई, मेक्सम गौडेल, श्रेया सुवेदी, साजन श्रेष्ठ, उमेश राई, सुमन कार्की र कैलाश कार्की सहभागी रहेका थिए। यसको अध्यक्षका रुपमा दीपाश्री निरौला रहेकी थिइन् ।

यस बारेमा निर्देशक विशाल भण्डारीले भने अर्को रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन ३’ सुरु हुने भएकाले ‘कमेडी क्लब विथ च्याम्पियन्स’ बन्द गरेको जानकारी दिएका छन् । १६ महिना अघिदेखि सुरु भएको यस शोका कलाकारहरुले विभिन्न विषयमा कमेडीमार्फत दर्शकलाई हँसाउने प्रयास गर्दै आएका थिए ।

६९औं एपिसोड प्रसारणपछि कार्यक्रम स्थगन गरिएको हो । यो अहिलेको हिट टेलिभिजन कार्यक्रममा पर्छ । टिभी रियालिटी शो कमेडी च्याम्पियनमा प्रतिस्पर्धा गरेका प्रतिभाशाली कमेडीयनहरूलाई लिएर भण्डारीले यो शोको सञ्चालन गर्दै आएका छन् ।

यसैबीच यही टीमले कमेडी च्याम्पियनको सिजन ३ लिएर आउने पनि भण्डारीले जानकारी गराएका छन् ।

विशाल भण्डारीले सामाजिक सञ्जालमा लेखेका छन् :

यो १६ महिनाको हाम्रो यात्रा निकै रोमांचक थियो । कतिपय एपिसोडमा हामी हसाउन सफल भयौं भने कतिमा भएनौपनी तर दर्शकको मायामा कहिले कमी आएन ।

यही उर्जाले काम गर्दा गर्दै सुरुवातको वर्षनै Best Popular Tv Show को Award जित्न पनी सफल भयौं । यस्को श्रेय कलाकार, लेखक,क्रियटिम टिम, Three Production team, Key advertising, Key Entertainment team र मुख्य गरेर दर्शकको माया लाई जान्छ ।

६९ Episode को यो यात्राले थकित हाम्रो टिमलाई केही समयको लागी छोटो Break लिन आवश्यक देखेर Team Comedy Club With Champions तपाईको TV SCREEN मा देखिने छैनौं।

तर हामी चॉडै छोटो विश्राम पछि Recharge भई सुरुवाती उर्जामै फर्केर यहाहरुलाई हासोको फोहरा छुटाउन अवश्य आउने छौं ।

तव सम्मलाई हाम्रो टिम Comedy Champion season 3 लिएर चॉडै ऑउदै छौं। माया र साथ कायम रहोस् । हास्ने र हसाउने क्रम जारी रहने छ ।

धन्यबाट
TEAM THREE PRODUCTION

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा ग्यास चोरी पुष्टि, गणेश भाडा पसललाई ३ लाख जरिवाना; ‘जरिवाना तिरेरै उन्मुक्ति?’

गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…

57 years ago

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago