Categories: समाचार

अवैध अन्तर्राष्ट्रिय कल बाईपासमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

साउन ११, काठमाडौं । अवैध अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न रहेको अभियोगमा ३ जनालाई कञ्चनपुर भिमदत्त नगरपालिका-१८ क्याम्पस रोड ५ नम्बर गल्लीबाट बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत दिल्ली घर भएका ४१ वर्षीय गुल्जार अहमद, कञ्नचपुर दोधार चाँदनी नगरपालिका-७ घर भएका ४० वर्षीय प्रविण खड्का र भिमदत्त नगरपालिका-१० जिमुवा महेनद्रनगर घर भएका ४७ वर्षीय दिपक सिंह बोहरा रहेका छन् ।

उक्त गल्लीमा गैह्र-कानुनी रुपमा शंकास्पद गतिविधि भइरहेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंज, नेपाल टेलिकम र जिल्ला प्रहरी कार्यालय कन्चनपुरबाट संयुक्त रूपमा खटिएको टोलीले उनीहरूलाई सोही गल्लीस्थित घरमा विगत ४ महिनादेखि कलबाइपास गरिरहेको अवस्थामा कल वाइपासमा प्रयोग भएका SIP PBX Connection, ल्यापटप २ थान, मोनिटर, लाइन केबल २ थान, मोबाइल सेट ३ थान, यूपिएस र ब्याट्री लगातयका विभिन्न उपकरणसहित पक्राउ गरेको हो ।

उनीहरू उपर जिल्ला प्रहरी कार्यालय कञ्चनपुर महेन्द्रनगरबाट थप अनुसन्धान एवं आवश्यक कारबाहीको प्रकृया अगाडि बढाइएको छ ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा ग्यास चोरी पुष्टि, गणेश भाडा पसललाई ३ लाख जरिवाना; ‘जरिवाना तिरेरै उन्मुक्ति?’

गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…

57 years ago

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago