Categories: समाचार

पब्लिक क्याम्पसलाई गण्डकी प्रदेशले दिने सहयोग बढाउँछौँ : मुख्यमन्त्री पाण्डे

साउन १३ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश भित्रका पब्लिक क्याम्पसलाई मर्जर प्रक्रियामा अघि बढ्न सुझाब दिएका छन् । शनिवार पोखरामा नेपाल पब्लिक क्याम्पस संघ गण्डकी प्रदेशको अधिवेशन उद्घाटन गर्दै उनले भने ‘विद्यार्थी संख्या, लगानी सबैलाई हेर्दा पब्लिक क्याम्पसहरु मर्जर प्रक्रियामा अघि बढ्दा लगानी अनुसारको प्रतिफल आउन सक्छ ।’
सरकारले उच्च शिक्षामा गरेको लगानी अनुसार प्रतिफल प्राप्त हुन नसकेको बताउँदै मुख्यमन्त्री पाण्डेले कसरी प्रतिफल निकाल्न सकिन्छ भन्ने विषयमा ध्यान दिनुपर्ने सुझाब दिए ।
गण्डकी प्रदेश सरकारले चालु वर्ष सामुदायिक क्याम्पस सँग प्रदेश सरकार कार्यक्रम संचालन गर्ने नीति बनाएर कार्यक्रम सार्वजनीक गरिसकेको उनले बताए । ‘सामुदायिक क्याम्पसँग प्रदेश सरकार’ कार्यक्रम अन्तरगत अहिले एक करोड ७५ लाख रकम बिनियोजन भएको छ’ मुख्यमन्त्री पाण्डेले भने ‘चालु वर्ष नै यो रकम पाँच करोड पुर्याईनेछ ।’
प्राध्यापक, संचालक समिति, विद्यार्थीहरुले महशुस गर्ने गरि पब्लिक क्याम्पसलाई गण्डकी प्रदेश सरकारको सहयोग रहने मुख्यमन्त्री पाण्डेले बताए । आवश्यकता र चाहना धेरै तर बजेट थोरै हुँदा बजेट कम भएको उनले बताए । पब्लिक क्याम्पसहरुले शिक्षाको गुणस्तरमा ध्यान दिनुपर्ने, दक्ष युवा जनशक्ति बिदेशिने दर न्यूनिकरण गर्न ब्यवशायीक शिक्षा केन्द्रित गर्नुपर्नेमा मुख्यमन्त्री पाण्डेको जोड थियो ।
आफ्नो स्वामित्वमा जग्गा नहुँदा समस्या भएको पब्लिक क्याम्पसहरुको गुनासोपछि मुख्यमन्त्री पाण्डेले पब्लिक क्याम्पसहरुलाई आफ्नै स्वामित्वमा जग्गा ल्याउन सहज हुने गरि कानुन निर्माण गरिने बताए । साथै उनले सामाजिक सेवाको भावनाले क्याम्पस लगायत सार्वजनीक संस्थालाई जग्गा दान गर्दा दताले तिर्नुपर्ने कर मिनाह गर्ने गरि कानुन आवश्यक भएको बताए ।
नेपाल पब्लिक क्याम्पस संघ गण्डकी प्रदेशका अध्यक्ष ऋषिराम बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश भित्रका बिभिन्न पब्लिक क्याम्पसका संचालक समिति अध्यक्ष, प्राध्यापक संघका अध्यक्ष र क्याम्पस प्रमुखको उपस्थिती थियो । उक्त कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जितप्रकाश आले मगर, कृषि तथा भुमि ब्यवस्था मन्त्री महेन्द्रध्वज जिसी, प्रदेश नीति योजना आयोग गण्डकीका उपाध्यक्ष कृष्णचन्द्र देवकोटा, पब्लिक क्याम्पस संघका केन्द्रिय अध्यक्ष शत्रुधन गुप्ता लगायतको उपस्थिती थियो ।
eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा ग्यास चोरी पुष्टि, गणेश भाडा पसललाई ३ लाख जरिवाना; ‘जरिवाना तिरेरै उन्मुक्ति?’

गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…

57 years ago

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago