Categories: समाचार

नक्कली जस्तो देखिने ५२ लाख ७५ हजार रूपैयाँसहित नौ जना पक्राउ

साउन २६ । काठमाडौं, नक्कली जस्तो देखिने नेपाली एक हजार दरका नोट ५ हजार २ सय ७५ थान गरी जम्मा ५२ लाख ७५ हजार रूपैयाँ र विभिन्न सामानसहित ९ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सिन्धुपाञ्चोक कोठे बस्ने २५ वर्षीय शुशिल कार्की, सिन्धुपाञ्चोक सुनकोशी गाउँपालिका-६ बस्ने २३ वर्षीय शिव भण्डारी, सिन्धुपाञ्चोक बलेफी गाउँपालिका-७ बस्ने ४० वर्षीय अर्जुन सुबेदी, सिन्धुपाञ्चोक सुनकोशी गाउँपालिका-६ बस्ने २३ वर्षीय मिलन भण्डारी, सुनकोशी गाउँपालिका-६ बस्ने २४ वर्षीय श्रीकृष्ण भण्डारी, झापा कमल गाउँपालिका-३ बस्ने २९ वर्षीय युवराज राई, अछाम मेल्लेख गाउँपालिका-३ बस्ने २१ वर्षीय अर्जुन बुढा, गुल्मी वाडागाउँ गाउँपालिका-२ बस्ने ३४ वर्षीय सागर आचार्य र नवलपरासी सरावल गाउँपालिका-१ बस्ने ५३ वर्षीया पार्वती नेपाली रहेका छन् । उनीहरूमध्ये अर्जुन सुबेदी उपर चोरी, बैंकिङ कसूर, ठगी तथा ठगी र एक्सटर्सन गरी ७ वटा मुद्दा समेत चलेको खुल्न आएको छ ।

चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गास्थित चेकप्वाइन्टमा लुम्बिनीबाट काठमाडौंतर्फ आउँदै गरेको लु. १ प ५ नम्बरको पर्यटक बसलाई प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्दा ढोका छेउको सामान राख्ने डिक्कीमा र्‍याप गरी राखिएको चाउचाउको कार्टुनभित्र नक्कली जस्तो देखिने एक हजार दरका ३ हजार ५ सय ७३ थान गरी जम्मा ३५ लाख ७३ रूपैयाँ फेला परेको थियो । उक्त बसका चालक तथा सह-चालकलाई नियन्त्रणमा लिई थप सोधपुछको क्रममा उक्त कार्टुन लुम्बिनी बसपार्कबाट एक जना मानिसले अचार हो काठमाडौं लगिदिनु काठमाडौं बसपार्कमा रिसिभ गर्न मानिस आउँछ भनि पठाएको खुल्न आएपछि प्रहरी वृत्त थानकोटसमेतबाट खटिएको प्रहरी टोलीले काठमाडौं गोंगबु बसपार्क र भक्तपुर चाँगुनारायण नगरपालिका-४ बुढाथोकी गाउँबाट थप नक्कली जस्तो देखिने १ हजार दरका १ हजार ७ सय २ थान गरी जम्मा १७ लाख २ हजार रूपैयाँसहित उनीहरूलाई पक्राउ गरेको हो ।

अनुसन्धानको क्रममा कम्प्युटर सेट १ थान, पेपरकटर मेसिन १ थान, कलर प्रिन्टर १ थान, प्रिन्ट पेपर १ रिम, खुल्ला पेपर २ सय पेज, विभिन्न रङका मसी, कलर केमिकल प्लाष्टिकको बोतल २ वटा, केमिकल, डेकोरेटिङ पाउडर ४ पत्ता, र्‍यापलिङ टेप १ बण्डल, एक हजार दरको नोटको साईजको पेपर ९ थान, बा.६३ प २०७५ नम्बर, बा.प्र. ०२-०३९प ९४०७ नम्बर, बा.प्र. ०२-०३८ प ५६४२ नम्बरको मोटरसाइकल, बा.प्र.०२-०२८ प १३०६ नम्बरको स्कुटर, मोबाइल १२ थान र अर्जुन सुबेदीको नाममा जिल्ला अदालत चितवनको तारेख पर्चा १ थान प्रहरीले बरामद गरेको छ ।

उनीहरू उपर मुद्रा सम्बन्धी कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको छ ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago

प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टाछुट्टै शिष्टाचार भेट

२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…

57 years ago