Categories: समाचार

बंगलादेशी नागरिकहरूलाई बन्धक बनाई फिरौती माग गरेको अभियोगमा ७ जना पक्राउ

प्रबिन रिजाल

काठमाडौं, साउन २८ । बंगलादेशी नागरिकहरुलाई वैदेशिक रोजगारीका लागि नेपाल हुँदै विभिन्न देश पठाईदिने भन्दै नेपालमा ल्याई बन्धक बनाई फिरौती माग गरेको अभियोगमा बंगलादेशका नागरिक ५ जना र नेपाली नागरिक २ जना गरी ७ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बंगलादेश गाजिपुरका ४७ वर्षीय अमिर हुसेन, बंगलादेश बरिसालका ३७ वर्षीय मो. मोसहुर रहमान, बंगलादेशका २१ वर्षीय जाहाङ्गिर अलाम, ललितपुर हरिसिद्धि बस्ने बंगलादेश कुमिल्लाका ३८ वर्षीय सलिम मिया, काठमाडौं हाडीगाउँ बस्ने बंगलादेश ढाकाका २१ वर्षीया तहमिना बेगम, सिन्धुपाल्चोक बेलफी घर भई ललितपुर हरिसिद्दि बस्ने २७ वर्षीया तारा नेपाली र ईलाम चुलाचुली घर भई काठमाडौं नक्साल बस्ने ३३ वर्षीया रोशनी राई रहेका छन् ।

बंगलादेशी नागरिकहरुलाई वैदेशिक रोजगारीका लागि नेपाल हुँदै विभिन्न देश पठाईदिने भन्दै नेपालमा ल्याई बन्धक बनाई काठमाडौंको विभिन्न होटल तथा सेफ हाउसमा बन्धक बनाई परिवारको सदस्यहरुसँग १० लाख फिरौती माग गरेको र नदिएमा ज्यानसमेत लिने धम्की दिएकोमा उक्त रकम पठाएपश्चात पनि पुन: २० लाख टाका माग गर्दै डर त्रास दिएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा काठमाडौं महानगरपालिका-९ कालीमाटीडोलस्थित मेमोरियल गेष्ट हाउस, ललितपुर महानगरपालिका-२८ हरिसिद्धिस्थित घर र काठमाडौं नक्सालस्थित रोशनी राईको केटीसी ब्युटी पार्लर स्पा मसाज सेन्टरमा बन्धक बनाई राखेका पीडितहरूलाई उद्दार गरी उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुउपर मुलुकी अपराध संहिता, २०७४ बमोजिम तथा संगठित अपराध निवारण ऐन, २०७० बमोजिमको कसूरमा थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

डिभिजन वन कार्यालय गोरखाको चेतावनी: ७ दिनभित्र अवैध संरचना हटाउनू

गोरखा,असार २४ । गोरखा नगरपालिका–११ को १२ किलो क्षेत्रमा रहेको ओख्ले पाखा सामुदायिक वन क्षेत्रभित्र निर्माण…

57 years ago

२०७४ सालदेखि निरन्तर पूर्णखोप सुनिश्चितता कायम गर्दै आएको गोरखा पुनः घोषणा

गोरखा, असार २२ । गोरखा जिल्लालाई पुनः पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ।…

57 years ago

डोल्पामा बोलेरो दुर्घटना : एकको मृत्यु, १३ घाइते

२१ असार २०८३ । डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा आइतबार बोलेरो जिप दुर्घटना हुँदा एक जनाको…

57 years ago

हिंस्रक ध्रुवे फेरि बस्तीमा, आमाछोरासहित २५ जनाको ज्यान लियो

चितवन । चितवन राष्ट्रिय निकुञ्जको कुख्यात जंगली भाले हात्ती ‘ध्रुवे’को आक्रमणमा भरतपुर महानगरपालिका–२३ की २१…

57 years ago

छोराको कुटाइबाट धादिङमा बुवाको मृत्यु, अभियुक्त पक्राउ

धादिङ । धादिङको गङ्गाजमुना गाउँपालिका–४ यार्सा टोलमा आफ्नै छोराको कुटाइबाट ६० वर्षीय धननारायण सुनारको मृत्यु…

57 years ago

एम्बाप्पेको पेनाल्टी गोलमा फ्रान्स क्वाटरफाइनलमा

२१ असार २०८३ । फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ १६ मा फ्रान्सले पाराग्वेलाई १–०…

57 years ago