Categories: समाचार

सबैको सुझाब समेटेर प्रदेशको योजना बन्छ : मुख्यमन्त्री पाण्डे

भदौ ४ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सबैको सुझाब समेटेर प्रदेशको योजना बन्ने बताएका छन् । ‘आगामी वर्ष योजना बैंक मार्फत छनौट भएका योजनामा बजेट बिनियोजन गर्ने गरि हामीले तयारी गरिरहेका छौँ’ प्रदेश समन्वय समितिको बैठकमा मुख्यमन्त्री पाण्डेले भने ।

गण्डकी प्रदेश सरकारले दोस्रो पञ्चवर्षिय योजना निर्माण गर्न लागेको र सो क्रममा प्रदेश भित्रका ८५ वटै पालिकाबाट सुझाव लिईने मुख्यमन्त्री पाण्डेले बताए । प्रदेश नीति तथा योजना आयोगले दोस्रो पञ्चवर्षिय योजनाको अवधारणा पत्र तयार गरेको बताउँदै उनले उक्त अवधारण पत्रमाथि जो कोहीले सुझाब दिन सक्ने बताए । ‘नीति योजना आयोगले जो कोहीले सुझाब दिन मिल्ने गरि अनलाईनबाट तयार गर्नेछ’ मुख्यमन्त्री पाण्डेले भने ‘कार्यपालिकाबाट निर्णय गराएरपनि तपाईहरुले सुझाब पठाउन सक्नुहुन्छ ।’

स्थानीय तह, जिल्ला समन्वय समिति र प्रदेशको समन्वयमा योजना बैंकमा योजना छनौट हुने मुख्यमन्त्री पाण्डेले बताए । ‘कुन योजना स्थानीय तह, कुन प्रदेश र कुन संघले गर्ने भन्ने छनौट गर्न योजना बैंक आवश्यक परेको हो’ उनले भने ‘ढिलोमा फागुन मसान्त सम्म योजना छनौट गरिसक्ने तयारी छ ।’ छनौटमा परेका योजनालाई बजेट बिनियोजनमा प्राथमिकता दिईने उनले बताए ।
‘तत्काल सम्पन्न गर्न सकिने योजनाको मात्रै डिपिआर गर्नुपर्छ’ मुख्यमन्त्री पाण्डेले भने ‘हामी डिपिआर गरेर राख्छौँ, सबै योजनामा बजेट पुग्दैन, डिपिआरको खर्च मात्रै धेरै हुन्छ, यस्तो काम रोक्नुपर्छ, जति योजना सम्पन्न गर्न सकिन्छ ति मात्रै डिपिआर गरौँ ।’
स्थानीय तह, जिल्ला समन्वय समिति र प्रदेशले योजना अनुगमनमापनि सहकार्य गर्ने उनले बताए । प्रदेश मार्फत संचालित योजनाको स्थानीय तह, जिल्ला समन्वय समिति र प्रदेशका जनप्रतिनिधिले अनुगमन गर्ने मुख्यमन्त्री पाण्डेले बताए ।
स्थानीय तह र प्रदेशलाई बलियो बनाउन आम्दानीको स्रोत पहिचान हुनुपर्नेमा मुख्यमन्त्री पाण्डेले जोड दिए । ‘प्रदेश भित्र आम्दानीको स्रोत के छ ? कसरी आफैँ आत्मनिर्भर बन्न सक्छौँ, हामीले त्यसतर्फ ध्यान दिनुपर्छ’ उनले भने ‘स्थानीय तहको हकमापनि यो विषय लागु हुन्छ ।’

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजनामा आईतवार र सोमवार प्रदेश समन्वय समितिको बैठक तथा नव प्रर्वतन साँझेदारी कोष कार्यक्रमको समीक्षा कार्यशाला सम्पन्न भएको छ । मुख्यमन्त्री पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका मन्त्रिहरु, स्थानीय तहका जनप्रतिनिधिहरु, कर्मचारी लगायतको सहभागीता रहेको थियो ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

दरौदी नदीमा बेपत्ता भएका शम्शेर नेपाली मृत फेला

गोरखा, साउन ६ । गोरखाको अजिरकोट गाउँपालिका–४ तालफुटेघाटस्थित दरौदी नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका…

57 years ago

बसपार्क होटलमा युवती हत्या प्रकरण: दुई पक्राउ, लुटिएको एक लाख रुपैयाँको बदलामा हत्या

काठमाडौंको नयाँ बसपार्कस्थित होटल माउन्टेन एल्सिभामा साउन ३ गते मृत फेला परेकी २५ वर्षीया युवतीको…

57 years ago

बारीमा काम गर्न गएका युवक मृत फेला

गोरखा, साउन ५ । गोरखाको भीमसेन थापा गाउँपालिका–२ बगुवाका ३३ वर्षीय सागर भट्ट मृत अवस्थामा…

57 years ago

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३३ जना घाइते

चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरेस्थित मुग्लिङ–नारायणगढ सडकखण्डमा आइतबार बिहान दुई बस र एक ट्रक एकापसमा ठोक्किँदा…

57 years ago

पर्सामा धान रोपिरहेका बेला चट्याङ पर्दा सात महिला घाइते

पर्साको पकहामैनपुर गाउँपालिका–१ स्थित सीमावर्ती क्षेत्रमा धान रोपिरहेका बेला चट्याङ पर्दा सात जना महिला घाइते…

57 years ago

माइक्रोबस दुर्घटनामा सहचालकको मृत्यु, सात यात्रु घाइते

रुपन्देहीको ओमसतिया गाउँपालिका–२ सरस्वती टोलस्थित सिद्धार्थ राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ…

57 years ago