Categories: समाचार

सवारी साधनमा ट्राफिक जनचेतनामुलक स्टिकर टाँसी गोरखा जेसिजको सप्ताह कार्यक्रमको दास्रो दिन सम्पन्न

भाद्र २४ । शनिबारबाट सुरु भएको गोरखा जेसिजको सप्ताहव्यापी कार्यक्रमको दास्रो दिन बसपार्कमा ट्राफिक जनचेतनामुलक कार्यक्रम भएको छ । शनिवार प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे बाट औपचारिक रुपमा उद्घाटन भएको सप्ताहव्यापी कार्यक्रमको दोस्रो दिन सडक सुरक्षा तथा दुर्घटना न्यूनिकरण गर्न विभिन्न चारपाङ्ग्रे सवारी साधन र मोटरसाइकलका चालक समेतलाई रोकी ट्राफिक नियम र दुर्घटना न्यूनीकरण गर्न जनसचेतनामूलक कार्य गरि सम्पन्न गरिएको छ ।

गोरखामा सवारी दुर्घटना बढेकाले विभिन्न चारपाङ्ग्रे सवारी साधन र मोटरसाइकलका चालक समेतलाई रोकी ट्राफिक नियम र दुर्घटना न्यूनीकरण गर्न जनसचेतनामूलक कार्य गरिएको जेसिजको सप्ताहव्यापी कार्यक्रमका मुल संयोजक जेसी सुजित श्रेष्ठले बताए । त्यस्तै कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एस.पि. अनुपम श्रेष्ठ, कार्यक्रमका अध्यक्ष तथा जेसीजका अध्यक्ष जेसी पुष्कर गुरुङ लगाएत जेसीजका सदस्य तथा ट्राफिकहरुबाट दुर्घटना न्यूनिकरण गर्न ट्राफिक जनचेतनामुलक स्टिकर टाँसेर कार्यक्रमलाई प्रभावकारी बनाइएको समेत संयोजक श्रेष्ठले बताए ।

ओझेलमा परेका स्थानीय पर्यटकीय स्थलको उजागर गर्नका लागि जेसिजको सप्ताहव्यापी कार्यक्रमको पहिले दिन ठूलोआँगनबाट गोरखा दरबार, कुहिरे भिर हुदैँ रक गार्डेनसम्म पदयात्रा गरिएको थियो ।

त्यस्तै सप्ताहव्यापी कार्यक्रमको मुल संयोजक सुजित श्रेष्ठका अनुसार तस्रो दिन सोमवार जेसीज संरचना सरसफाई तथा रंगरोगन कार्यक्रम हुने, चौथो दिन मंगलवार लक्ष्मीबजार स्थित महालक्ष्मी माविमा वक्तुत्वकला प्रतियोगिता हुने, पाँचौ दिन वुधवार द्रव्यशाह बहुमुखी क्याम्पसमा साइबर क्राइम सम्बन्धी सचेतनामूलक कार्यक्रम र छैटौ दिन बिहीवार बालमन्दिर माविमा खाद्यान्न वितरण गरिने बताए ।

त्यस्तै सातौ दिन शुक्रबार बिहान सहिद स्मृति मावि बुङकोटमा शैक्षिक सामग्री वितरण र बेलुका ५ बजे होटल मिराकलमा समापन तथा पुरस्कार वितरण कार्यक्रम रहेको जेसीजले जनाएको छ ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा ग्यास चोरी पुष्टि, गणेश भाडा पसललाई ३ लाख जरिवाना; ‘जरिवाना तिरेरै उन्मुक्ति?’

गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…

57 years ago

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago