अपराध

दाङमा खुकुरी प्रहार गर्दा एक जनाको मृत्यु दुई जना घाइते

दाङ, तुलसीपुर उपमहानगरपालिका-११ बेलटाकुरास्थित भगवती टोल बस्ने ४३ वर्षीया रिता लामिछानेको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३९ वर्षीय टेक बहादुर हमाललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै घर अगाडि उभिरहेको अवस्थामा टेक बहादुरले एक्कासि खुकुरी प्रहार गर्दा लामिछानेको घटनास्थलमै मृत्यु भएको र सोही ठाउँ बस्ने ४५ वर्षीय वीर बहादुर हमाल तथा उनकै आमा ६५ वर्षीया कमला कुमारी हमालसमेत घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय तुलसीपुर र प्रहरी चौकी जसपुरबाट खटिएको प्रहरीले टेक बहादुर हमाललाई उनकै घरबाट खुकुरीसहित पक्राउ गरेको हो ।

साथै खुकुरी प्रहारबाट घाइते भएका दुवै जनालाई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाइएकोमा वीर बहादुर उपचार पश्चात डिश्चार्ज भएका छन् भने कमला कुमारीको नर्सिङहोम नेपालगंजमा उपचार भइरहेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago