Categories: समाचार

गण्डकी प्रदेशका मुख्यमन्त्री र अमेरिकी उपविदेश मन्त्री बीच शिष्टाचार भेट

असोज १० । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र अमेरिकी उपविदेश मन्त्री जेनी वाईनी बिच शिष्टाचार भेट भएको छ ।
बिहिवार मुख्यमन्त्री कार्यालयमा उहाँहरुबिच भेटवार्ता भएको हो ।उक्त भेटमा गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशको समुन्नतीको प्रमुख पाटो पर्यटन रहेकाले यस क्षेत्रमा सहकार्य गर्न सकिने बताउनुभयो । साथै उहाँले प्रदेश सरकारले पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर लगानी गरिरहेकाले दातृ राष्ट्रको सहयोगपनि यस क्षेत्रमा आवश्यक भएको बताउनुभयो ।
जिविकोपार्जनको क्षेत्रमा पनि सहकार्य गर्न सकिने बताउँदै उहाँले भन्नुभयो ‘बसाईँसराई रोक्न र गाउँमै रोजगारीको अवसर सिर्जना गर्ने खालका प्रोजेक्टमा हामीलाई सहयोगको खाँचो छ, सहकार्य गर्न सक्छौँ ।’ प्रदेश सरकारको प्राथमिकताको क्षेत्रहरु व्यवशायीक कृषि, स्वास्थ्य, शिक्षामा पनि दातृ निकायसँग सहकार्य गरेर अघि बढ्न सकिने मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।
भेटमा अमेरिकी उप विदेशमन्त्री एवं आप्रवासन बिभागका उप सहायक सचिव वाईनीले बिगतदेखि नेपाल र अमेरिकी सरकार बिचको संम्बन्ध अहिलेपनि सौहार्द रहेको बताउँदै सरकारको प्राथमिकताका क्षेत्रहरुमा सहकार्य हुने बताईन । साथै उनले पहिलो पटक पोखरा आएको बताउँदै यहाँको सुन्दरताले पर्यटकलाई आकर्षित गर्न सक्ने आफुलाईपनि निकै सुन्दर लागेको बताईन ।
भेटघाटमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव लक्ष्मी बस्नेत र प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.कृष्णचन्द्र देवकोटाले विपद् पूर्व तयारी र प्रतिकार्य, सुद्ध पिउने पानी र सरसफाई, स्वास्थ्य, साक्षरता, जिविकोपार्जन, दिगो आर्थिक बिकासको अवस्था र संभावनाका बारेमा जानकारी गराउनुभएको थियो ।
भेटघाटमा प्रदेशसँगको संम्बन्ध र मित्रताको बारेमा छलफल भएको छ । साथै गण्डकी प्रदेश र अमेरिकी सरकारबीचको सहयोग आदानप्रदानको विषयमा कुराकानी भएको थियो ।
eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा ग्यास चोरी पुष्टि, गणेश भाडा पसललाई ३ लाख जरिवाना; ‘जरिवाना तिरेरै उन्मुक्ति?’

गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…

57 years ago

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago