लोकदोहोरी गीततर्फ सर्वोत्कृष्ट निर्देशकको अवार्ड साराशंकरलाई

काठमाडौं, १७ असोज ।

अभिनेता, निर्देशक, कोरियोग्राफर तथा गीतकार एकिन्द्र साराशंकरले राष्ट्रिय लोक तथा दोहोरी गीत अवार्ड २०८० अन्तरगत उत्कृष्ट निर्देशकको अवार्ड प्राप्त गरेका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका कमिटिको आयोजनामा भएको भव्य अवार्ड कार्यक्रमका बीच साराशंकरले सो अवार्ड प्राप्त गरेका हुन् ।

करिब डेढ दशक यता लोक तथा दोहोरी गीत क्षेत्रमा म्यूजिक भिडियो निर्देशकको रुपमा कार्यरत साराशंकरलाई जुरीले उत्कृष्ट निर्देशकहरुमध्ये उत्कृष्ट ५ भित्र छनौट गरेको थियो । उत्कृष्ट मध्येबाट साराशंकर सर्वोत्कृष्ट निर्देशकको रुपमा छानिएका हुन् । कानुनमन्त्री धनराज गुरुङ, प्रतिष्ठानका केन्द्रिय अध्यक्ष रिता थापामगर र प्रतिष्ठानकै उपत्यका कमिटिका अध्यक्ष अर्जुन थापाद्वारा हस्ताक्षरित विशेष प्रमाणपत्रसहित उनलाई कार्यक्रममा अवार्ड प्रदान गरिएको थियो ।

‘यो मेरो लामो समयको तपस्या र मेहेनतको प्रतिफलको रुपमा मैले लिएको छु । प्रतिष्ठानले जुन हिसाबले अवार्डको लागि मलाई योग्य ठान्यो, त्यो मेरो लागि सबैभन्दा ठुलो उपलब्धि हो ।’ अवार्ड प्राप्त गरिसकेपछि साराशंकरले भने, ‘अवार्डले मेरो आगामी भिडियोहरुमा अझै बढि मेहेनत गर्ने हौसला दिएको छ । म मा अझै ठुलो जिम्मेवारी थपिएको महशुस गराएको छ अवार्डले ।’

बागलुङ तमानखोला गाउँपालिका बोंगादोभानका साराशंकर दुई दशकयता काठमाडौंमा रहँदै आएका छन् । लोकदोहोरी गीतका म्यूजिक भिडियो निर्देशन सँगै साराशंकर आफै अभिनेताको रुपमा समेत चर्चित छन् । साथै उनी गीतकारको रुपमा पनि चर्चा कमाईसकेका छन् । पछिल्लो पटक मात्रै साराशंकरले पशुपती शर्मा र शान्ति श्री परियारको आवाजमा आफ्नो गीत ‘हाई सञ्चै’ बजारमा ल्याएका थिए । सो गीतको भिडियोमा उनी आफैले अभिनय गर्नुका साथै निर्देशन समेत गरेका थिए । युट्युबमा गीतलाई अत्याधिक रुचाईएको थियो ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा ग्यास चोरी पुष्टि, गणेश भाडा पसललाई ३ लाख जरिवाना; ‘जरिवाना तिरेरै उन्मुक्ति?’

गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…

57 years ago

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago