लोकदोहोरी गीततर्फ सर्वोत्कृष्ट निर्देशकको अवार्ड साराशंकरलाई

काठमाडौं, १७ असोज ।

अभिनेता, निर्देशक, कोरियोग्राफर तथा गीतकार एकिन्द्र साराशंकरले राष्ट्रिय लोक तथा दोहोरी गीत अवार्ड २०८० अन्तरगत उत्कृष्ट निर्देशकको अवार्ड प्राप्त गरेका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका कमिटिको आयोजनामा भएको भव्य अवार्ड कार्यक्रमका बीच साराशंकरले सो अवार्ड प्राप्त गरेका हुन् ।

करिब डेढ दशक यता लोक तथा दोहोरी गीत क्षेत्रमा म्यूजिक भिडियो निर्देशकको रुपमा कार्यरत साराशंकरलाई जुरीले उत्कृष्ट निर्देशकहरुमध्ये उत्कृष्ट ५ भित्र छनौट गरेको थियो । उत्कृष्ट मध्येबाट साराशंकर सर्वोत्कृष्ट निर्देशकको रुपमा छानिएका हुन् । कानुनमन्त्री धनराज गुरुङ, प्रतिष्ठानका केन्द्रिय अध्यक्ष रिता थापामगर र प्रतिष्ठानकै उपत्यका कमिटिका अध्यक्ष अर्जुन थापाद्वारा हस्ताक्षरित विशेष प्रमाणपत्रसहित उनलाई कार्यक्रममा अवार्ड प्रदान गरिएको थियो ।

‘यो मेरो लामो समयको तपस्या र मेहेनतको प्रतिफलको रुपमा मैले लिएको छु । प्रतिष्ठानले जुन हिसाबले अवार्डको लागि मलाई योग्य ठान्यो, त्यो मेरो लागि सबैभन्दा ठुलो उपलब्धि हो ।’ अवार्ड प्राप्त गरिसकेपछि साराशंकरले भने, ‘अवार्डले मेरो आगामी भिडियोहरुमा अझै बढि मेहेनत गर्ने हौसला दिएको छ । म मा अझै ठुलो जिम्मेवारी थपिएको महशुस गराएको छ अवार्डले ।’

बागलुङ तमानखोला गाउँपालिका बोंगादोभानका साराशंकर दुई दशकयता काठमाडौंमा रहँदै आएका छन् । लोकदोहोरी गीतका म्यूजिक भिडियो निर्देशन सँगै साराशंकर आफै अभिनेताको रुपमा समेत चर्चित छन् । साथै उनी गीतकारको रुपमा पनि चर्चा कमाईसकेका छन् । पछिल्लो पटक मात्रै साराशंकरले पशुपती शर्मा र शान्ति श्री परियारको आवाजमा आफ्नो गीत ‘हाई सञ्चै’ बजारमा ल्याएका थिए । सो गीतको भिडियोमा उनी आफैले अभिनय गर्नुका साथै निर्देशन समेत गरेका थिए । युट्युबमा गीतलाई अत्याधिक रुचाईएको थियो ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा कारागारबाट भागेका ६ कैदी नियन्त्रणमा, ५ कर्तब्यज्यान र १ चोरी मुद्दाका

गोरखा प्रहरीले जेन–जी आन्दोलनको अवसर पारेर कारागार फोडी भागेका ६ जना कैदीलाई नियन्त्रणमा लिएको छ…

56 years ago

मानव बेचबिखनविरुद्ध शून्य सहनशीलता : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले मानव बेचबिखन…

56 years ago

‘नेपो किड’ ट्रेन्ड : राजनीतिक परिवारका सन्तानमाथि युवाको आक्रोश

गोरखा । पछिल्लो केही दिनयता सामाजिक सञ्जालमा ‘नेपो किड’ (NepobabyNepal) ट्रेन्ड तीव्र बनेको छ ।…

56 years ago

गोरखा जेसिजलाई नेपाल जेसिजद्वारा उत्कृष्ट शाखा सम्मान

गोरखा । नेपाल जेसिजले गोरखा जेसिजलाई उत्कृष्ट शाखा घोषित गर्दै सम्मान गरेको छ । भदौ…

56 years ago

गोरखामा बस–मोटरसाइकल ठक्कर, एक जना गम्भीर घाइते

गोरखा । गोरखाको स्याउली बजारमा आज दिउँसो बस र मोटरसाइकल ठोक्किँदा एक जना गम्भीर घाइते…

56 years ago

गण्डकी प्रदेशमा ‘दलित अधिकार तथा सशक्तिकरण ऐन २०८२’ सर्वसम्मत पारित

पोखरा । गण्डकी प्रदेशसभाले दलित समुदायको अधिकार सुनिश्चित गर्दै उनीहरूको सामाजिक, आर्थिक, शैक्षिक र सांस्कृतिक…

56 years ago