Categories: समाचार

कागवेनीको निरीक्षण गर्दै मुख्यमन्त्री पाण्डेले भने : ‘पुन निर्माणमा सबै प्रयास केन्द्रित हुनेछ’

१७ असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्ताङको कागवेनी क्षेत्रको पुन निर्माणकालागि गण्डकी प्रदेश सरकारले सबै प्रयास केन्द्रित गर्ने बताएका छन् ।
‘प्रदेश सरकारको स्रोत साधनले भ्याएसम्म सघाउने र दातृ निकायसँग पनि प्रदेश सरकारले सहकार्य गरेर कागवेनी पुन निर्माण गर्नेछ’ उनले भने । बाढीले कागवेनी क्षेत्रमा ठुलो क्षती पुगेकाले संघिय सरकार र स्थानीय सरकारको सहकार्यमा सबैको सामुयिक प्रयास केन्द्रित गर्दा पुननिर्माण सहज र छिटो हुने उनले बताए । ‘यसकालागि प्रदेश सरकारले संघ सरकारसँग समन्वय गरिरहेकोछ’ उनले भने ।
‘प्राकृतिक विपत्तीसँग हामीले जुध्न सक्दैनौँ तर यसबाट शिक्षा लिएर अबको पुन निर्माणमा ध्यान दिनुपर्छ’  क्षतीग्रस्त मुस्ताङको कागवेनी क्षेत्रको निरीक्षण गर्दै उनले भने । कागवेनी क्षेत्रमा बाढीले भत्काएका सामाजिक तथा ब्यक्तिगत संरचनाहरु, गुम्बा, धर्मशाला लगायतको मुख्यमन्त्री पाण्डले स्थलगत निरीक्षण गरेका थिए ।
बिगतका वर्षभन्दा यस वर्ष गण्डकी प्रदेश सरकारले मनाङ, मुस्ताङ लगायत उच्च हिमाली जिल्लामा योजना र बजेटलाई वृद्धी गरेको बताउँदै मुख्यमन्त्री पाण्डेले आवश्यकता धेरै, प्रदेशको स्रोत साधन थोरै हुँदा सबै अपेक्षा एकै पटक पुरा गर्न नसकिएको बताए । ‘प्राथमिकताका आधारमा तपाईहरुले छुट्याएका योजना क्रमस प्रदेश सरकारले पुरा गर्दै जानेछ’ उनले भने ।
पुन निर्माणकालागि प्रदेश सरकारबाट सहयोगको अपेक्षा रहेको बताउँदै स्थलगत निरीक्षणमा मुख्यमन्त्री सहभागी भएको भन्दै बिस्थापित, प्रभावित, जनप्रतिनिधि लगायत स्थानीयले धन्यवाद दिएका थिए । साउन २८ गते बाढी आएलगत्तै हेलिकप्टरमा स्थलगत निरीक्षण गर्न आउने तयारी रद्ध गरी मुख्यमन्त्री पाण्डेले हेलिकप्टर भाडामा तिर्ने पैसा कागवेनीको उद्धार र राहतमा पठाएको तत्कालिन समयमा सदनमा समेत जानकारी गराएका थिए ।
बाढीलगत्तै कागवेनीको उद्धार र राहतकालागि गण्डकी प्रदेश सरकारले अवरुद्ध सडक खुलाएर इन्धन ढुवानी, टेन्ट, कम्बल लगायतका सामग्री उपलब्ध गराएको थियो ।  क्षतीको पूर्ण विवरण जिल्लाबाट प्रदेश आएपछि थप आर्थिक सहयोगपनि पठाईने मुख्यमन्त्री पाण्डेले बताए । बाढीग्रस्त क्षेत्रमा उद्धार, राहत, खानेपानीको व्यवस्थापनमा प्रदेश सरकारले तत्काल सहयोग गरेको थियो । बस्तीको दायाँबायाँ तटबन्धन गरिदिन स्थानीयले माग गरेका छन् । प्रदेश सरकारले तटबन्धनकालागिपनि सहयोग गर्ने जनाएको छ ।
निरीक्षणमा मुख्यमन्त्री पाण्डे, मुस्ताङका प्रतिनिधि सभा सदस्य योगेश गौचन, प्रदेश सभा सदस्यहरु बिकल शेरचन, नाम्डु गुरुङ, बिमला गौचना, प्रदेश नीति योजना आयोगका उपाध्यक्ष डा.कृष्णचन्द्र देवकाटा, गण्डकी प्रदेशस्थित सुरक्षा निकायका प्रमुखहरु, जिल्ला सुरक्षा समिति, स्थानीय तहका जनप्रतिनिधि लगायतको उपस्थिती थियो ।
eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

बसपार्क होटलमा युवती हत्या प्रकरण: दुई पक्राउ, लुटिएको एक लाख रुपैयाँको बदलामा हत्या

काठमाडौंको नयाँ बसपार्कस्थित होटल माउन्टेन एल्सिभामा साउन ३ गते मृत फेला परेकी २५ वर्षीया युवतीको…

57 years ago

बारीमा काम गर्न गएका युवक मृत फेला

गोरखा, साउन ५ । गोरखाको भीमसेन थापा गाउँपालिका–२ बगुवाका ३३ वर्षीय सागर भट्ट मृत अवस्थामा…

57 years ago

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३३ जना घाइते

चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरेस्थित मुग्लिङ–नारायणगढ सडकखण्डमा आइतबार बिहान दुई बस र एक ट्रक एकापसमा ठोक्किँदा…

57 years ago

पर्सामा धान रोपिरहेका बेला चट्याङ पर्दा सात महिला घाइते

पर्साको पकहामैनपुर गाउँपालिका–१ स्थित सीमावर्ती क्षेत्रमा धान रोपिरहेका बेला चट्याङ पर्दा सात जना महिला घाइते…

57 years ago

माइक्रोबस दुर्घटनामा सहचालकको मृत्यु, सात यात्रु घाइते

रुपन्देहीको ओमसतिया गाउँपालिका–२ सरस्वती टोलस्थित सिद्धार्थ राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ…

57 years ago

८ महिनामै बनेको लुदी खोला मोटरेबल पुल उद्घाटन, मनकामना यात्रामा सहजता

गोरखा। गोरखाको स्याउली बजार–भट्टफाँट–मनकामना सडक अन्तर्गत निर्माण सम्पन्न भएको लुदी खोला मोटरेबल पुल उद्घाटन गरिएको…

57 years ago