Categories: समाचार

बझाङमा २४ घण्टा नहुँदै भूकम्पका १६८ पराकम्प

१७ असोज । सुदूरपश्चिम प्रदेशको बझाङमा भूकम्प आएको २४ घण्टा नहुँदै १६८ पाराकम्प आएका छन्। भूकम्प मापन केन्द्र। सुर्खेतका अनुसार बझाङका विभिन्न ठाउँ केन्द्रबिन्दु भएर भूकम्प र परकम्प जाने क्रम जारी छ।

जिल्लामा मंगलवार दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तालकोट केन्द्रबिन्दु भएर पाँच दशमलव तीन म्याग्निटिउडको भूकम्प गएको थियो। बझाङका विभिन्न ठाउँ केन्द्रबिन्दु भएर मङ्गलवारदेखि आज दिउसोसम्म १६८ पराकम्प आएका छन्। चार म्याग्निटिउड माथिका मात्र ११ वटा पराकम्प आएका छन्।

राष्ट्रिय भूकम्प केन्द्र, सुर्खेतका अनुसार हिजो दोस्रोपटक ३ः०६ बजे बझाङको जिल्ला सदरमुकाम चैनपुर भएर छ दशमलव तीन म्याग्निटिउड, ३ः१३ बजे चैनपुर केन्द्रबिन्दु भएर चार दशमलव, ३ः४५ बजे सुरमा केन्द्रबिन्दु भएर चार दशमलव एक म्याग्निटिउडको भूकम्प आएको छ।

यस्तै ४ः२८ बजे तालकोट केन्द्रबिन्दु भएर चार दशमलव एक, ४ः३१ बजे सुवेडा केन्द्रबिन्दु भएर चार दशमलव तीन, ५ः१९ बजे सेली केन्द्रबिन्दु भएर पाँच म्याग्निटिउड र ५ः३८ बजे दामेना केन्द्रबिन्दु भएर पाँच म्याग्निटिउडको भूकम्प गएको छ।

यसैगरी गएराति १२ः१६ बजे दामेना केन्द्रबिन्दु भएर चार दशमलव एक, १२ः५० बजे तालकोट केन्द्रबिन्दु भएर चार दशमलव तीन र आज बिहान ५ः४३ बजे चैनपुर केन्द्रबिन्दु भएर चार दशमलव तीन म्याग्निटिउडको भूकम्प गएको हो। सुदूरपश्चिमको बझाङमा २४ घण्टा नहुँदै १६८ पराकम्प आएका छन। सुदूरपश्चिम भूकम्पको उच्च जोखिममा रहेका प्रदेश हो। विगत पाँच सय वर्षदेखि पश्चिम नेपालमा ठूलो भूकम्प गएको छैन।

यसअघि गत कात्तिकमा डोटी केन्द्रबिन्दु भएर पाँच दशमलव सात म्याग्निटिउडको भूकम्प गएको थियो। सुदूरपश्चिममा अझै केही दिन पराकम्पन आउने केन्द्रले बताएको छ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा ग्यास चोरी पुष्टि, गणेश भाडा पसललाई ३ लाख जरिवाना; ‘जरिवाना तिरेरै उन्मुक्ति?’

गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…

57 years ago

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago