Categories: समाचार

कोरोला नाका पुगेपछि मुख्यमन्त्रीले भने : ‘यहाँ सम्मको सडक र भौतीक संरचना छिटो निर्माण गर्नुपर्छ’

असोज १८ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कोरोला नाका खोल्ने सरकारको तयारी भईरहेको बताउँदै त्यहाँ सम्म पुग्ने सडक स्तरोन्नती गर्नुपर्नेमा जोड दिएका छन् । तिब्बत र मुस्ताङको नाकामा रहेको पिल्लर नं. २४ मा पुगेर स्थलगत निरीक्षण गरेपछि उनले भने ‘तिब्बत तर्फ भौतीक संरचनाहरु निर्माण भईसकेको देखिन्छ, हाम्रो तर्फ पनि आवश्यक भौतीक संरचना छिटो निर्माण गर्नुपर्छ ।’
नाका खोल्ने योजना भईरहँदा तिब्बततर्फ सबै तयारी हुनु र गण्डकी प्रदेशको मुस्ताङ तर्फ कुनैपनि संरचना नहुँदा भोली समस्या आउन सक्ने उनले बताए । ‘इमिग्रेसन, सुरक्षा चेकजाँच, भन्सार संचालन गर्न हाम्रो तर्फपनि भौतीक संरचना जरुरी हुन्छ’ उनले भने । अहिले रहेको भन्सार र सुरक्षा चेकपोष्ट पिल्लर भन्दा नौ किलोमिटर तल छ । नाका सम्म पुग्ने सडक स्तरोन्नती गरेर नियमित सवारी आउजाउ गर्न सक्ने बनाउन तर्फ सरकारको ध्यान रहेको मुख्यमन्त्री पाण्डेले बताए । ‘कोरोला नाका सम्मको सडकपनि संघ सरकारको गौरवको योजना हो, यसमा प्रदेश सरकारलेपनि सहकार्य गरेको छ’ उनले भने । निर्माण ब्यवशायीको ढिलासुस्तीले सडक निर्माणको काम सुस्त रहेको बताउँदै छिटो काम सम्पन्न गर्न प्रदेश सरकारले दबाव सिर्जना गर्ने बताए ।
पछिल्लो चिन भ्रमणकाबेला कोरोला नाका खोल्ने विषयमा सकारात्मक छलफल भएको प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका थिए । तर नाका कहिले खुल्छ भन्ने अझै यकिन भएको छैन । उक्त विषयमा संघ सरकार, प्रधानमन्त्री र संम्बन्धित मन्त्रालयसँग छलफल भईरहेको मुख्यमन्त्री पाण्डेले बताए । ‘नाका खोल्ने कुरा प्रदेश सरकारले मात्र चाहेर नहुने रहेछ, संघ सरकारसँगको समन्वयमा छिटो खोल्ने तर्फ हाम्रो प्रयास केन्द्रित छ’ उनले भने ।
सिमा नाका निरीक्षणसँगै गण्डकी प्रदेश स्तरीय सुरक्षा समिति र मुस्ताङ जिल्ला स्तरीय सुरक्षा समितिको बैठकपनि कोरोलामा बसेको थियो । बैठकमा नाका र प्रदेशको सुरक्षा संवेदनशिलता, नाका खुल्दा र नखुल्दा आउन सक्ने चुनौती, समाधानका उपाए, स्थानीयको आवश्यकता लगायतका बारेमा छलफल भएको थियो ।
कोरोला नाका निरीक्षणमा मुख्यमन्त्री पाण्डे, प्रतिनिधि सभा सदस्य योगेश गौचन, प्रदेश सभा सदस्य नाम्डु गुरुङ, बिकल शेरचन लगायतपनि सहभागी थिए । गण्डकी प्रदेशका प्रमुख सचिव,  प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष, सुरक्षा निकायका प्रदेश प्रमुखहरु, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु सहितको टोलीले सिमावर्ती क्षेत्रको १० भन्दाबढि गाउँमा पुगेर स्थानीयसँग अन्तरक्रिया गरेका थिए ।
प्रदेश सरकारबाट संचालन भएका योजनाको अवस्था, चालु वर्ष बिनियोजन भएको बजेट, स्थानीयको गुनासो र प्रदेश सरकारले गर्न सक्ने संवोधनका बारेमा मुख्यमन्त्री, जनप्रतिनिधिहरु र स्थानीयबिच अन्तरक्रिया भएको थियो । मुख्यमन्त्री गाउँगाउँमा पुग्दा स्थानीय निकै उत्साहित र खुसी देखिन्थे ।
eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा ग्यास चोरी पुष्टि, गणेश भाडा पसललाई ३ लाख जरिवाना; ‘जरिवाना तिरेरै उन्मुक्ति?’

गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…

57 years ago

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago