पोखरा, असोज १८ । गण्डकी प्रदेश तेक्वान्दो संघको आयोजनामा संचालित प्रदेशस्तरीय तेस्रो डान परिक्षामा छ जना खेलाडीहरु ग्रेडिङ पास गर्न सफल भएका छन् ।
बिहिबार भएको सो कार्यक्रमको उद्घाटन गर्नुहुदै गण्डकी प्रदेशका कार्यवाहक अध्यक्ष विष्णु गौतमले खेलाडीको सिप र ज्ञानलाई राष्ट्रले सम्मुचित रुपमा प्रयोग गर्न सके मात्र खेलाडीहरुमा खेल क्षेत्रमा लाग्न प्रेरणा मिल्ने बताउनुभयो ।
प्रदेशका महासचिव रमेश पौडेलले तेक्वान्दो खेल नेपालका लागि सबै भन्दा बढी पदक ल्याउन सक्ने खेल भएकाले खेलाडीहरुले खेलमा नै भविष्य देखेर खेलेमा मात्र सफलता पाउने बताउनुभयो ।
तेक्वान्दो संघ कास्कीका अध्यक्ष कुमार गुरुङले तेस्रो डान उत्कृष्ट खेल भएकाले खेलाडीहरुले परिस्कृत र परिमार्जित गरी व्यवसाहिक रुपमा अगाडि बढ्न आग्रह गर्नुभयो ।
कास्कीका दिप्सिना गुरुङ र सुजन गुरुङ साथै नवलपुरका कखेलाडीमा समिर बानिया, मनिस महतो, सुलभ तामाङ र सुचित पाण्डेले तेस्रो डानको उपाधि लिन सफल भएको परिक्षा संचालक समेत रहनुभएका प्रशिक्षक बलराम लामाले जानकारी दिनुभयो ।
गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…