Categories: समाचार

पोखराको चण्डि मन्दिरमा घटस्थापनाको दिन देखि नवदुर्गा पुजा गरिने

पोखरा, असोज १८ । पोखरा महानगरपालिका वडा नं. ९ दरबारथोकमा रहेको एतिहासिक चण्डि मन्दिरमा यस वर्ष पनि नवदुर्गा पुजा तथा चण्डी पाठ गरिने भएको छ ।

चण्डिमाई सेवा समिति, चण्डिका आमा समुह र दरबारथोक टोल विकास संस्थाको सम्युक्त भेलाले विमला रानाभाटको संयोजकत्वमा २१ सदस्यीय नवदुर्गा पुजा तथा चण्डी पाठ मुल आयोजक समिति २०८० गठन गरेको छ ।

समितिको सहसंयोजकमा शोभा अधिकारी, सचिवमा शोभाकान्त सिग्देल, कोषाध्यक्षमा निलम खवास, सहसचिवमा शान्ति भुजेल, सहकोषाध्यक्षमा इन्द्रबहादुर खवास, सदस्यहरुमा बुद्धि बहादुर रानाभाट, विष्णु बहादुर खवास, सिता नेपाली, रचना खवास, सुनिता केसी, गौरा पौडेल, मिलन केसी, कृष्ण बहादुर श्रेष्ठ, कृष्ण माया कार्की, कमला पाण्डे, हिरा घले, मेनका श्रेष्ठ, उषा माता रहेका छन् ।

परापुर्वकाल देखि हिन्दु धर्मावम्बीहरुले स्थापना गरि सामुहिक रुपले पुजा अर्चना गर्दै आइएकोमा विगत केहि सालदेखि दुर्गा भगवती तथा अन्य देवि देवताका स्थायी मूर्ति बनाई नियमित रुपमा दुर्गा पुजा गर्दै आईरहेको चण्डिमाई सेवा समितिका अध्यक्ष तथा पुजा व्यवस्थापन उपसमिति संयोजक तेजबहादुर भुजेलले वताए ।

नवदुर्गा पुजा असोज २८ गते घटस्थापनाको दिन देखि दैनिक रुपमा पण्डित विशाल चापागाइँद्धारा चण्डिपाठ परायण हुने, महाअष्टमीमा देवीको तश्रो नेत्र दर्शन, नवामीमा फुलपाती विसर्जन गरी यो वर्षको नवदुर्गा गरिने प्रचारप्रसार उपसमिति संयोजक कृष्ण रानाभाटले वताए ।

त्यसै गरी पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, पोखरा ९ का अध्यक्ष दिपेन्द्र मर्सानी, पुजा व्यवस्थापन समिति संरक्षक तेजबहादुर भुजेल, वेदनाथ कोइराला, पुर्ण बहादुर भुजेल, टिका भु्जेल, वेद कुमार श्रेष्ठ, रामु वास्तोला, अमृतमान श्रेष्ठ, श्याम राना, जगत केसी, हरिमाया गुरुङ, विर बहादुर गुरुङ, शालिकराम अधिकारी, पुष्पा आचार्य, हरि भुजेल, रमेश पौडेल, खिमा गुरुङ, कृष्ण रानाभाट, केशब प्रसाद रेग्मी, हरिश्चन्द्र तिवारीलाई सल्लाहकारमा चयन गरिएको छ ।

साथै पुजा व्यवस्थापन उपसमितिको संयोजकमा तेज बहादुर भुजेल, आर्थिक व्यवस्थापन उपसमितिको संयोजकमा निलम खवास, प्रचारप्रसार उपसमितिको संयोजकमा कृष्ण रानाभाट, साँस्कृतिक उपसमितिको संयोजकमा उषा माता, साउण्ड सिष्टम बत्ती माइक उपसमितिको संयोजकमा कृष्ण बहादुर श्रेष्ठ, शान्ति सुरक्षा उपसमितिको संयोजकमा हिरा घले र सरसफाई व्यवस्थापन उपसमितिको जिम्मेवारी चण्डिका आमा समुहलाई प्रदान गरिएको छ ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago

प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टाछुट्टै शिष्टाचार भेट

२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…

57 years ago