काठमाडौं, असोज १८ । ठगी कार्यमा संलग्न रहेको अभियोगमा पाकिस्तानी र अजरबैजनी नागरिकलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पाकिस्तान राहुलपिन्डी घर भई काठमाडौं महानगरपालिका-२६ ठमेल बस्ने ५१ वर्षीय नाजिर मुहमद र अजरबैजन देश घर भई काठमाडौं महानगरपालिका-२६ ठमेल बस्ने ३१ वर्षीया AYSEL HUSEYNIL रहेका छन् ।
पाकिस्तानी र अजरबैजनी नागरिकको साँगगाठ तथा मिलेमतोमा बैदेशिक रोजगारको लागि चेक रिपब्लिक, नर्वे, पोल्याण्ड, पोर्चुगल लगायतका देशमा पठाई दिन्छु भनि वर्कपर्मिट लगायतका नक्कली कागजातहरू देखाई विश्वासमा पारी ठगी गर्ने योजना बनाईरहेको छ भने जाहेरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई ठमेलस्थित होटल यात्री एण्ड डुडि सुइटस एण्ड स्पाको कोठा नम्बर ३०४ र ३१४ बाट पक्राउ गरेको हो । उनीहरूले प्रोसेसिङ गर्नका लागि प्रतिव्यक्ति १ लाख ३३ हजार रूपैयाँ लिने गरेको, नक्कली अफर लेटर, वर्कपर्मिट, भिसा लगायतका कागजातहरू पठाई रकम पठाउन लगाउने गरेको गरी करिब ८० लाख रूपैयाँ बराबरको रकम ठगी गरेको र पीडितहरुलाई बिश्वास दिलाउनको लागि अजरबैजानमा समेत लगि घुमाई दिएको अनुसन्धानबाट खुल्न आएको छ ।
उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…
गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…
२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…