Categories: समाचार

छैठौं संस्करणको मिस मगर नेपाल–२०२३ का प्रतियोगीले राखे विभिन्न प्रस्तुती

पोखरा, १८ कार्तिक । छैठौं संस्करणको मिस मगर नेपाल–२०२३ का अन्तिम १० प्रतिस्पर्धीले सेल्फ ट्यालेण्ट राउण्डमा आ–आफ्ना विभिन्न प्रस्तुती राखेका छन् ।


शनिबार होटल पोखरा ग्राण्डमा आयोजित सेल्फ ट्यालेण्ट राउण्ड कार्यक्रममा अधिकांशले नृत्य प्रस्तुत गरे भने केही कविता वाचन, अभिनय र विषयगत प्रस्तुती राखे । पूर्वको उदयपुरदेखि पश्चिमको सुर्खेतसम्मका मिस मगर नेपालका प्रतियोगीले आ–आफ्ना अन्तरनिहित प्रतिभा प्रस्तुत गरेका हुन् । सेल्फ ट्यालेण्ट राउण्डको प्रमुख निर्णायकमा मेजन पुन, निर्णायकत्रयमा गोविन्द पुन, शान्ति श्रीस र दिलीप राना रहनुभएको थियो ।


कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक बुद्धिराज गुरुङले अहिलेका युवा पुस्तालाई विदेश पलायन हुने सपना नदेख्न सुझाव दिनुभयो । आफ्नै देशमा बसेर केही गर्ने सोंच बनाउनुपर्ने आवश्यकता औंल्याउँदै उहाँले पैसालाई मात्रै सबैथोक ठान्न नहुने धारणा व्यक्त गर्नुभयो । आफ्नो मातृभाषा, संस्कार, संस्कृतिबारे युवा पुस्तालाई सचेत बनाउने उद्देश्यले मिस मगरको आयोजना गरेकोमा खुशी लागेको जनाउँदै प्रहरी नायब महानिरीक्षक गुरुङले मगर समुदायलाई नीति निर्माण तहमा पु¥याउन स्वदेशमै बस्ने वातावरण बनाउनुपर्ने बताउनुभयो ।
नेपाल मगर संघका केन्द्रीय कोषाध्यक्ष पूर्णबहादुर रानाले मगर समुदायको पहिचानलाई स्थापित गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने बताउँदै युवा पुस्तामा आफ्नो पहिचानप्रति चासो जगाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । नेपाल मगर संघ, गण्डकी प्रदेशकी अध्यक्ष तारामाया थापाले मिस मगर प्रतियोगीहरूलाई देशको नेतृत्व गर्ने जनशक्ति बन्ने गरी अघि बढ्न शुभकामना दिनुभयो । नेपाल मगर संघ, कास्कीका सचिव लालबहादुर रानाले मगर समुदायको हितमा हुने कार्यका लागि नेपाल मगर संघ सधैं साथमा रहेको धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा मिस मगर नेपालका कार्यक्रम निर्देशक सुरज थापाले कार्यक्रमका बारेमा बोल्नुभएको थियो भने मिस मगर नेपालका निर्देशक तथा नेपाल मगर संघ, कास्कीका संस्कृति बिभाग प्रमुख शिव थापाले स्वागत गर्नुभएको थियो

कार्यक्रम संयोजक रूद्रबहादुर श्रीसको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन मिस मगर नेपाल २०२२ की थर्ड रनरअप तथा कोरियोग्राफर प्रियंका गर्बुजाले गर्नुभएको थियो ।

“मगर भाषा, संस्कृतिको उत्थान, प्रतिभाको प्रस्फुटन, हाम्रो अभियान” भन्ने मूल नाराका साथ एसटी क्रियशनद्वारा आयोजित छैठौं संस्करणको मिस मगर नेपालको ग्राण्ड फिनाले भने यही कात्तिक २४ गते होटल पोखरा ग्राण्डीमै भब्य साँस्कृतिक कार्यक्रम सहित हुने कार्यक्रम संयोजक रूद्रबहादुर श्रीसले जानकारी दिनुभयो । सोल फेशन काठमाण्डौ र आई.एफ.सी. फेशन कलेज पोखराद्धारा निर्माण गरिएको कलात्मक पोशाकमा सजिएर उत्कृष्ट १० प्रतियोगिहरुले करिब एक महिना सम्म सिकेका कुराहरुलाई ग्राण्ड फिनालेमा प्रस्तुत गर्दैछन् । सुस्मिता पुन, सनम गर्बुजा, मिलन थापा र प्रियंका गर्बुजाको कोरियोग्राफी रहने मिस मगर नेपाल २०२३ को अन्तिम प्रतिस्पर्धीका रुपमा बबिता बाकाबल, विनु राना, दिवा पाइजा, एलिना थापा, चिना पुन, दीक्षा थापा, सलिना राना, उमा पुन, कविता थापा र खगी थापा रहेका छन् ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

दरौदी नदीमा बेपत्ता भएका शम्शेर नेपाली मृत फेला

गोरखा, साउन ६ । गोरखाको अजिरकोट गाउँपालिका–४ तालफुटेघाटस्थित दरौदी नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका…

57 years ago

बसपार्क होटलमा युवती हत्या प्रकरण: दुई पक्राउ, लुटिएको एक लाख रुपैयाँको बदलामा हत्या

काठमाडौंको नयाँ बसपार्कस्थित होटल माउन्टेन एल्सिभामा साउन ३ गते मृत फेला परेकी २५ वर्षीया युवतीको…

57 years ago

बारीमा काम गर्न गएका युवक मृत फेला

गोरखा, साउन ५ । गोरखाको भीमसेन थापा गाउँपालिका–२ बगुवाका ३३ वर्षीय सागर भट्ट मृत अवस्थामा…

57 years ago

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३३ जना घाइते

चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरेस्थित मुग्लिङ–नारायणगढ सडकखण्डमा आइतबार बिहान दुई बस र एक ट्रक एकापसमा ठोक्किँदा…

57 years ago

पर्सामा धान रोपिरहेका बेला चट्याङ पर्दा सात महिला घाइते

पर्साको पकहामैनपुर गाउँपालिका–१ स्थित सीमावर्ती क्षेत्रमा धान रोपिरहेका बेला चट्याङ पर्दा सात जना महिला घाइते…

57 years ago

माइक्रोबस दुर्घटनामा सहचालकको मृत्यु, सात यात्रु घाइते

रुपन्देहीको ओमसतिया गाउँपालिका–२ सरस्वती टोलस्थित सिद्धार्थ राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ…

57 years ago