माघ ७, गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नंं ७ देउरालीका कुमार गुरुङको दैनिकी सधै झै व्यस्त हुन्छ । सानै उमेरमै फोटोग्राफी पेसामा लागेका गुरुङलाई अहिले विहे लगनको महिनामा भ्याइनभ्याइ छ । उनी अन्य समयमा पनि प्राय व्यस्त हुन्छन् । विहेको लगन सुरु भएसँगै वैवाहिक कार्यक्रमको तस्बिर, भिडियो छाँयाकन गरिदिन उनलाई निरन्तर फोन आइरन्छ । यस्तै विहेको लगन बाहेकको अन्य समयमा सामाजिक संघ संस्थाका कार्यक्रम, गोष्ठी, भेला, साधारणसभा, अधिवेशन, पदस्थापन लगायत विभिन्न कार्यत्रममा पनि उनलाई तस्बिर खिच्न, भिडियो छाँयाकन गरिदिन निम्तो आउँछन् । जिल्ला भित्र तथा बाहिर प्राय विभिन्न कार्यक्रमहरुमा गुरुङ भेटिन्छन् ।
नम्र व्यवहारका धनी गुरुङ सबैका प्रिय पनि छन । सबैका लागि सहज भएका कारण उनी फोटो तथा भिडियो व्यवसायमा सजिलै रमाउन सकेका हुन । उनको हसिलो मुहार र सबैसँग घुलमिल हुन सक्ने क्षमताका कारण उनी यो पेशामा रमाउन सकेको उनीसँग काम लिएकाहरु बताउँछन् । विगत १० वर्ष देखि फोटोग्राफी पेशा गर्दै आएका गुरुङलाई फोटो तथा भिडियो खिचिदिनका लागि निम्तोको आइरो नै लाग्ने गरेको छ । आफनो काम हेरेर विभिन्न स्थानबाट निम्तो आइरहेको र आफु उनीहरुको रोजाइमा पर्न सकेकोमा धेरै सन्तुष्ट भएको गुरुङ बताउँछन् । शुभचिन्तक र ग्राहकले दिएको हौसलाले काम गर्नमा थप उर्जा मिल्ने गरेको उनले जानकारी दिए ।
उनले आफनो फोटाग्राफी पेशालाई थप अब्बल बनाउनका लागि अनलाइन फोटाग्राफी कोर्सहरु पनि लिएका छन् । त्यस्तै नेशनल स्कुल अफ फोटोग्राफरमा डिप्लोमा पास गरेका छन् । फोटोमा सम्पादन गर्न, प्रकाश मिलाउन, क्यामेराले खिचिएका तस्बिरहरुमा आफनो रचनात्मकता देखानउ उनी सिपालु छन् । उनले २०१८ मा नेपालका ५ उत्कृष्ट वेडिङ फोटोग्राफरमा छनौट भई अवार्ड समेत पाएको थियो ।
उनलाई फोटोग्राफी पेशामा पनि भविष्य छ भनी बाटो देखाउने तथा फोटोग्राफी सिकाउने गुरु तेजेन्द्र श्रेष्ठलाई श्रेय दिँदै धेरै सम्झन्छन्, “उनी भन्छन तेजेन्द्र दाई नहुँदो हो त म गाउँको मान्छे कसरी यहाँ सम्म आई पुग्न सक्थे र ?”
त्यस्तै गुरुङका लागि फोटोग्राफर पेसा अवसर र चुनौती दुवै भएको बताउँछन । पहिला यस क्षेत्रमा धेरै प्रतिस्पर्धा नभएको र तर अहिले सबै हात हातमा क्यामेरा पुगेसँगै प्रतिस्पर्धा पनि बढ्दै गएको उनले बताए । केहि वर्ष यता भने कर्पोरेट फोटोग्राफी, कमर्सियल फोटोग्राफी, एडीटोरियल फोटोग्राफी अर्थात फोटो पत्रकारितामा पनि काम गर्दै आएको उनले जानकारी दिए । तस्बिर खिच्नु श्वास फेर्न सरह भएको बताउदै आफनो पुर्णकालिन समय यहि पेशामा लगाउने उनको योजना छ ।
गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…
View Comments
Thank you so much for beautiful news @eastranewas