Categories: समाचार

पोखरा–१४ को शिवालय मन्दिर पुनःनिर्माण, सांसद केसीले गरे उद्घाटन

पोखरा, फागुन २६ । पोखरा महानगरपालिका–१४ को बाच्छीबुडुवामा सेती नदीले जमिन कटान गर्दा जोखिममा परेको शिवालय मन्दिर पुनःनिर्माण गरिएको छ । पुरानै मन्दिर भएको ठाउँको आडैमा बनाइएको नयाँ मन्दिरको शिवरात्रिको अवसरमा शुक्रबार गण्डकी प्रदेश सभा सदस्य प्रकाशबहादुर केसीले उद्घाटन गरे ।

वर्षेनि कटानको जोखिममा पर्दै आएको मन्दिर छेउको ग्याबिन एक वर्षअघि नदीको कटानले बगाएको थियो । त्यसपछि करिब १४ लाख ७० हजार रूपैयाँ लगानीमा नयाँ मन्दिर निर्माण गरिएको हो । सांसद केसीको पहलमा प्रदेश सरकारबाट ११ लाख ५० हजार रूपैयाँ र स्थानीयको जनश्रमदान ३ लाख १२ हजार रूपैयाँमा पुनःनिर्माण भएको हो ।
उद्घाटनपछि बोल्दै सांसद केसीले सेतीले गरेको कटान र वृद्धाश्रमको बारेमा आफूले संसदमा आवाज उठाइरहेको र आगामी दिनमा पनि आफ्नो दायित्वबाट पछि नहट्ने बताए । ‘मेरो निर्वाचन क्षेत्रमा अरू वडा पनि पर्छन् । अरू ठाउँमा पनि मैले योगदान गर्नु मेरो दायित्व हो,’ सांसद केसीले भने, ‘आफू हुर्के–खेलेको ठाउँ भएकाले मन्दिर र वृद्धाश्रमको मलाई माया छ ।’ उनले वृद्धाश्रमलाई व्यवस्थित बनाउन आफूले प्रदेश सरकारसँग माग गरेको र त्यसको फलोअप गर्ने सुनाए ।
कार्यक्रममा पोखरा–१४ का वडाध्यक्ष बोधबहादुर कार्की, मन्दिर व्यवस्थापन समिति अध्यक्ष गोकर्ण कार्की, मन्दिर पुनःनिर्माण समिति अध्यक्ष गुञ्जबहादुर कार्की, स्थानीय कमलनयन गौतमलगायत उपस्थित थिए । कार्यक्रम सञ्चालन मन्दिर पुनःनिर्माण समिति सचिव रेशम जिसीले गरेका थिए ।
eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago

प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टाछुट्टै शिष्टाचार भेट

२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…

57 years ago

बाँदर–बँदेल नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना बनाउन संसद्मा प्रस्ताव

काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…

57 years ago

प्रदेश अस्पताल गोरखा १०० शय्यामा स्तरोन्नति हुँदै, सेवाग्राहीको संख्या पनि बढ्दो

२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…

57 years ago