Categories: समाचार

८ बुँदे घोषणा पत्र जारी गर्दै नेपाल मगर संघको २८ औं राष्ट्रिय सम्मेलन सम्पन्न

जेष्ठ १४, गोरखा । नेपाल मगर संघ, केन्द्रीय समितिको २८औं राष्ट्रिय सम्मेलन जेष्ठ १२ र १३ गते गोरखा जिल्ला सदरमुकाम स्थित गोरखा दरवार संग्राहलयमा भएको कार्यक्रमको सदरमुकाम स्थित होटेल इनमा पत्रकार सम्मेलन गरेर सोमबार ८ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ। दुई दिनसम्म चलेको सम्मेलनको मुख्य नारा रहेको “आर्थिक समृद्धि र राजनैतिक सशक्तिकरणसहितको सचेत मगर समुदाय निर्माण हाम्रो अभियान ! मगरात सभ्यताको दस्तावेजीकरण र मगरात दर्शन निर्माणको पक्षमा २८ औं राष्ट्रिय सम्मेलन !!” विषयमा सम्मेलनबाट आएका सुझावहरुलाई समावेस गर्दै मगरात सभ्यता सहितको समृद्ध मगर समाज निर्माण गर्दै देशलाई नै समृद्ध बनाउने संकल्प सहित निर्णय भएको छ ।

ज्ञानेन्द्र पुन मगर नेपाल मगर संघ, केन्द्रीय अध्यक्ष

प्रथम सहिद लखन थापा मगरलाई राष्ट्रीय बिभूति घोषणा गराउन राज्यको ध्यानाकर्षण गर्न यस विषयलाई अगाडी सारेको बताउँदै संघका अध्यक्ष ज्ञानेन्द्र पुन मगरले संविधानले ब्यवस्था गरे अनुरुप र भाषा आयोगले सिफारिस गरे अनुरुप गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा मगर भाषालाई सरकारी कामकाजी भाषा लागु गर्न गराउन सरोकारवाला पक्षलाई झकझकाइ रहने बताए। सम्मेलनमा मगरात सभ्यता सहितको समृद्ध मगर समाज निर्माण गर्दै देशलाई नै समृद्ध बनाउने विषयमा केन्द्रित रहेको थियो।

समापन समारोहमा ज्ञानेन्द्र पुन मगरको अध्यक्षतामा बिशिस्ट अतिथि संघका पुर्व अध्यक्ष महेन्द्र थापा मगर लगायत उपाध्यक्ष गंगा बहादुर थापा मगर, सम्मेलनका कार्यक्रम संयोजक बिष्णु राना तथा पत्रकारहरुको उपस्थिति रहेको थियो। त्यस्तै उक्त कार्यक्रम संघका महासचिव टेक बहादुर नामजाली मगरले संचालन गरेका थिए ।

यस्तो छ ८ बुँदे घोषणा पत्रमा:

१. नेपाली जनताको स्वतन्त्रता र प्रजातन्त्रका लागि तत्कालिन शासक जङ्गबहादुर राणाको बिरुद्धमा संगठित बिद्रोह को नेतृत्व गर्ने नेपालको प्रथम सहिद लखन थापामगर लाई राष्ट्रिय विभूति घोषणा गराउदै लखन संगै आहुती दिने देशभक्तहरु जयसिंह चुमीमगर, पलसिंह अछामी मगर, विराज थापा मगर, जुठ्या थापा मगर, जितमान गुरुङ र अजपसिंह थापा मगरलाई सहिद घोषणा गराउन नेपाल सरकारसँग जोडदार माग गर्दछ ।

२. काठमाडौं उपत्यकामा प्रथम सहिद लखन साँस्कृतिक संग्राहलय भवन निमार्ण गर्न हामी प्रतिवद्घ हुदै सबैप्रदेशको सदरमुकामहरुमा प्रथम शहिद लखन थापा मगरको शालिक राख्ने पहल गर्ने निर्णय गरियो ।

३. मगर समुदायको प्राचिन सांस्कृतिक सामाजिक पहिचानका विभिन्न पक्षहरुको बृहत्तर अध्ययन अनुसन्धान गर्दै मगरात सभ्यताको दस्तावेजिकरण गदै मगरात दर्शन निमार्ण गर्न गराउन हामी प्रतिबद्घ छौ ।

४. नेपालको एकिकरण पूर्व विभिन्न गणराज्य संचालन गरेका गोरखाका राजा मानसिंह खड्कामगर, लिगलिगकोटका राजा दलसुर घलेमगर र पाल्पा बल्डेङगढीका राजा बलिहाङ राना मगरको वास्तविक इतिहासको पुनर्लेखन गरि राजतन्त्रको ईतिहासमा समावेश गर्न गराउन यस सम्मेलन जोडदार माग गर्दछ ।

५. मगर मौलिक संस्कार, सस्कृति, संरक्षण र सम्बर्द्धनका लागि नेपाल सरकार र UNESCO मा सुचिकरण गर्न पहलकदमी गर्ने र संरक्षण प्रवर्धन गर्न विभिन्न मगर बस्तीहरुमा मगर साँस्कृतिक महोत्सव आयोजना गरि कार्यन्वयन गर्न प्रतिवद्ध छौ ।

६. आत्मनिर्भरता र उद्यमशिलताको प्रबर्धन गर्नका लागि गाउँबस्तीमा उत्पादन भईरहेको घरेलु मदिराहरुलाई व्यवस्थित गर्दै ब्रान्डिङ गर्नका लागि नेपाल सरकार संग जोडदार माग गर्ने ।

७. नेपाल मगर संघको २८औं राष्ट्रिय सम्मेलन ऐतिहासिक महत्व बोकेको गोरखा जिल्लामा सम्पन्न गर्दा आन्तरिक तथा बाह्य पर्यटनमा प्रबद्र्धन भयो भन्ने विश्वास गरिएको छ । नेपालको वास्तविक ईतिहास सम्बन्धी अध्ययन, अनुसन्धानका लागि अध्ययन भ्रमण गर्न र यस जिल्लामा रहेका पुरातन ऐतिहासिक महत्व बोकेका स्थानहरु अवलोकन गर्न सम्पूर्ण देशवासीहरुलाई गोरखा आउन हुन अपिल गर्दछ ।

८. २८औं राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्न पाल्नु हुने प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिहरु र सम्पूर्ण प्रतिनिधि, पर्यवेक्षक, गोरखा दरवार संग्राहलय, सुरक्षाकर्मी, पत्रकार मित्रहरु लगायत सम्पन्न गर्न व्यवस्थापकीय सहयोग गर्नुहुने नेपाल मगर संघ गोरखा र यस जिल्ला मातहतका पालिका, ईकाई, भातृसंस्थाहरु, गोरखा नगरपालिका लगायत सबै सहयोगी संघसंस्था, व्यक्ति व्यत्तित्वहरुलाई नेपाल मगर संघ केन्द्रीय समिति आभार व्यक्त गर्दछ ।

 

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा ग्यास चोरी पुष्टि, गणेश भाडा पसललाई ३ लाख जरिवाना; ‘जरिवाना तिरेरै उन्मुक्ति?’

गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…

57 years ago

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago