काठमाडौँ उपत्यकाको सहरीकरण र ट्राफिक जामलाई व्यवस्थित गर्न अगाडि बढाइएको बाहिरी चक्रपथ अहिलेकै रेखाङ्कन (एलाइनमेन्ट)मा निर्माण हुन नसक्ने भएको छ । रेखाङ्कनमा परेका जग्गा धेरै कित्तामा कित्ताकाट भइसकेको र स्थायी संरचना पनि निर्माण भइसकेको हुनाले अहिलेकै नक्सामा सो आयोजनालाई अगाडि बढाउन नसकिने विभिन्न सरोकारवालाको दाबी रहेको छ ।
प्राविधिक रूपमा अहिलेको रेखाङ्कन बाहिर जान सक्ने भूबनोट नरहेकाले आयोजना नै खारेजीको अवस्थामा पुगेको छ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले समेत अब बाहिरी चक्रपथ आयोजना अगाडि बढ्न नसक्ने बताएकी छन् । आयोजनामा पर्ने अत्यधिक जग्गा कित्ताकाट भइसकेको र घर पनि बनेकाले बाहिरी चक्रपथ निर्माण नहुने सम्भावना नरहेको उनले बताएकी थिइन् । उनले भनिन्, “१८ वर्षअघि परिकल्पना गरिएको रेखाङ्कनमा चक्रपथ बनिहाल्ला भन्न सकिने अवस्था छैन । आयोजना सञ्चालन हुँदैन भन्ने कुरामा लगभग अब अनौपचारिक हिसाबले त निश्चित नै छ ।” आजको गोरखापत्र दैनिक मा समाचार छ ।
गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…