अपराध

दुर्व्यसनकाे मुख्य कारण गाँजा

आज अन्तर्राष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करीविरुद्धको दिवस मनाइँदैछ । हरेक वर्ष जुन २६ तारिखलाई अन्तर्राष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करीविरुद्ध दिवसका रूपमा मनाउने गरिन्छ ।

यसवर्ष ‘स्वास्थ्य र मानवीय सङ्कटका समयमा लागुपदार्थको चुनौतीतर्फ सम्बोधन’ भन्ने नाराका साथ मनाउन लागिएको छ । नेपालमा गाँजा र भाङ, अफिमलगायतको मिश्रण पदार्थलाई लागुऔषध मानिन्छ । गृह मन्त्रालयका अनुसार नेपालमा ८० प्रतिशत दुर्व्यसनको मुख्य कारण गाँजा रहेको छ ।

सुरुमा चुरोट गाँजाबाट कुलतमा बस्ने र पछि कडा प्रकारका लागुऔषध प्रयोग गर्ने पाइएको लागुऔषध नियन्त्रण ब्युरोका डीएसपी फणिन्द्रप्रसाईँ बताउनुहुन्छ । दुर्व्यसन बढ्दै गएपछि गृह मन्त्रालयले रोकथाम तथा नियन्त्रण गुरुयोजना बनाएर लागू गरेको छ ।

साथीसङ्गतले स्कुल, कलेज तथा होस्टेलमा बस्ने विद्यार्थी अझ धेरै दुर्व्यसनमा फस्ने गरेको पाइएको गृह मन्त्रालय लागुऔषध नियन्त्रण महाशाखाका प्रमुख डा. भीष्मकुमार भुसाल बताउनुहुन्छ । उहाँका अनुसार आमाबुबा अभिभावक, विद्यालय सञ्चालक र होस्टेल सञ्चालकले ध्यान दिन सकेमा किशोर किशोरीलाई यस्ता दुर्व्यसनबाट जोगाउन सकिन्छ । अहिले नेपालमा १ लाख ४० हजारभन्दा धेरै दुर्व्यसनी रहेको अनुमान छ ।

नेपालभित्रै दुर्व्यसनको जोखिम बढेको छ भने नेपाललाई ट्रान्जिट बनाएर अन्तर्राष्ट्रिय गिरोहले कारोबार गर्ने क्रम पनि बढेको छ । लागुऔषधकै कारण चोरी, हत्या, बलात्कार जस्ता अपराधका घटना पनि हुने गरेका छन् ।

लागुऔषधको दुर्व्यसनबाट नयाँ पुस्तालाई जोगाउन सचेतना र पालिकामा आवश्यक कार्ययोजना बनाएर कार्यान्वयन गर्नुपर्नेमा  जोडदिनु पर्छ ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago