समाचार

पोखरा महानगरपालिका क्षेत्र भित्र उत्पादन हुने जेठोबुढो खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खरिद गर्ने

पोखरा, ०७ कात्तिक। पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बिच पोखरा महानगरपालिका क्षेत्र भित्र उत्पादन हुने कृषि उपज खरिद सम्बन्धमा सम्झौता गरिएको छ। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईको रोहबरमा गरिएको सम्झौतामा महानगरपालिकाको तर्फबाट आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरिया र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको तर्फबाट निमित्त प्रादेशिक प्रमुख रञ्जना के.सिले हस्ताक्षर गर्नुभएको हो।
सम्झौता अनुसार कम्पनीले महानगर क्षेत्रका कृषकहरूले उत्पादन गरेको स्थानीय रैथाने धान बाली जेठोबुढो खरिद समितिले तोकेको खरिद मूल्यमा खरिद गर्नेछ। यसका लागि महानगरपालिकाले वास्तविक कृषक पहिचान र खरिद समितिले तोकेको परिमाणमा धान खरिद गर्न कृषकहरूलाई कुपन उपलब्ध गराउनेछ। २०८२ आषाढ मसान्त सम्मका लागि गरिएको यो सम्झौता मुताबिक तत्काललाई स्थानीय रैथाने धान बाली जेठोबुढोको खरिद हुनेछ, भने आवश्यकता अनुसार अन्य रैथाने उत्पादनहरूको समेत खरिद गर्न सकिनेमा दुवै पक्षहरू सहमत छन्।
कृषकहरूले आफ्नो खेतमा उत्पादन भएको धान महानगरपालिकाले तोकेको स्थान वा कम्पनीको बिरौटा र पृथ्वीचोकमा रहेको गोदामसम्म आफैले ढुवानी गर्नुपर्नेछ। सम्झौताले कृषकहरूको उत्पादनको बजारीकरण सुनिश्चित भएको नगर प्रमुख आचार्यले बताउनुभयो। ‘कृषकहरूले उत्पादन गरेको धान बजारमा नबिक्ने हो की, भन्ने चिन्ताको यसले अन्त्य गरिदिएको छ, नगर प्रमुख आचार्यले भन्नुभयो, महानगर क्षेत्रमा उत्पादित रैथाने धान बाली जेठोबुढो खाद्य व्यवस्था तथा व्यापार कम्पनी मार्फत देशभरिका नागरिकहरूको चुलोमा पुग्ने अवस्था सुनिश्चित भएको छ।’ यसअघि महानगरपालिकाले जेठोबुढो धानलाई पोखराको पहिचानको रूपमा ब्राण्डिङ् गरी समर्थन मूल्य समेत तोकेर बजारीकरण गरिसकेको थियो।
जेठोबुढो सहित अन्य ३५ प्रकारका कृषि उपजहरूको पनि समर्थन मूल्य तोकेर महानगरपालिकाले कृषकहरूका लागि न्यूनतम मुनाफा समेतको मूल्य सुनिश्चित गरेको छ। स्थानीय उत्पादन प्रवर्द्धन अभियान अन्तरगत कृषि उपजहरूको ब्राण्डिङ तथा बजारीकरण र रैथाने हाटबजार पनि सञ्चालन सञ्चालन गरिएको आर्थिक विकास महाशाखा प्रमुख कडरियाले बताउनुभयो। उहाँका अनुसार पोखरा महानगर क्षेत्रको करिब ४ हजार हेक्टर क्षेत्रफलमा जेठोबुढो लगाइएको छ भने, करिब १४ हजार मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको छ।
महानगरपालिकाले तोकेको समर्थन मुल्यका आधारमा जेठोबुढो धान प्रतिक्विन्टल रु.९ हजार ५ सय र नेपाल खाद्य संस्थानले भने रु.११ हजार प्रतिक्विन्टलमा खरिद गर्दै आइरहेको छ।  जेठोबुढो धानको स्वाद नै अन्य धानको भन्दा धेरै स्वादिलो हुने, उत्पादनको समय अन्य धानको भन्दा तुलनात्मक बढी लाग्ने, धान उत्पादन आधा कम हुने लगायत कारणले उत्पादन लागत नै बढी पर्ने भएकाले यस प्रजातिको धानको मूल्य बढी पर्न गएको कडरियाले बताउनुभयो ।
eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago