Categories: समाचार

बागलुङ नगरपालिका  युसिएलजी एसिया प्यासिफिकको सदस्य

बागलुङ- बागलुङ नगरपालिका युनाइटेड सिटि अफ लोकल गभरमेन्ट एशिया प्रसान्त क्षेत्र (युसिएलजी)  एसिया प्यासिफिकको सदस्य भएको छ ।

चिनको जोजजोईमा भएको काउन्सिल एजिकेटिभ बैठकबाट बागलुङ  नगरपालिकाले सदस्यता प्राप्त गरेको हो । बैठकमा सहभागी हुनका लागि चिन पुगेका बागलुङ  नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ र प्रमुख प्रशासकिय अधिकृत हरिदत्त कंडेलले युसिएलजी सदस्यताको प्रमाणपत्र लिएका छन ।

सदस्य बने सँगै युसिएलजी सँग समन्वय र सहकार्य गरी नगरपालिकामा विभिन्न कार्यक्रमहरु संचालन गरिने नगरप्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिए । नेपालको तर्फबाट यस अगाडी नगरपालिका महासंघ गाउँपालिका महासंघ, धुलिखेल नगरपालिका लगायतका केही स्थानिय तह सदस्य बनिसकेका छन भने यस वर्ष गण्डकी प्रदेशका तनहुँको व्यास नगरपालिका र स्याङ्जाको वालिङ  नगरपालिकाले पनि सदस्यता प्राप्त गरेका छन ।

नगरपालिकामा लैगिंक समानता, सामाजिक समावेशिकरण र क्षमता अभिबृद्धिका कार्यक्रम संचालनका  युसिएलजी सँग सहकार्यका लागि प्रस्तावना पेश गरिएको बागलुङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिदत्त कंडेलले जानकरी दिए । नगरपालिकाले पहिलो चरणमा जनप्रतिनिधि र कर्मचारीको क्षमता अभिबृद्धिका लागि सहकार्य गर्ने जनाएको छ ।

सदस्यता प्राप्त गरे सँगै बागलुङ नगरपालिकालाई एसिया क्षेत्रमा जोड्ने काम भएको छ भने विभिन्न राष्टका स्थानिय तह सँग पनि समन्वय र सहकार्य हुने छ । युसिएलजी संस्थामा एशिया प्रशान्त क्षेत्रका स्थानिय सरकारहरू सदस्यका रूपमा रहेका छन् । संयुक्त राष्ट्रसंघबाट मान्यताप्राप्त संस्थाका रुपमा रहेको  दक्षिण पूर्वी एसिया र एसिया प्रान्त क्षेत्रका स्थानीय सरकार सम्मिलित सबैभन्दा ठूलो सञ्जाल हो।

यसको प्रधान कार्यालय इण्डोनेसियाको जाकार्तामा छ। स्पाकलाई स्थानीय सरकारहरुको ऐक्यबद्ध आवाजका रुपमा लिने गरिन्छ।
बागलुङ नगरपालिका

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago

प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टाछुट्टै शिष्टाचार भेट

२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…

57 years ago

बाँदर–बँदेल नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना बनाउन संसद्मा प्रस्ताव

काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…

57 years ago

प्रदेश अस्पताल गोरखा १०० शय्यामा स्तरोन्नति हुँदै, सेवाग्राहीको संख्या पनि बढ्दो

२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…

57 years ago