पोखरा, १३ मंसिर । नेपाली काँग्रेस कास्की र नेकपा एमाले कास्कीको दुई दलीय संयन्त्रको बैठक विहीबार बसेको छ ।
कास्की काँग्रेसका सभापति किशोरदक्त बरालको अध्यक्षतामा बसेको बैठकले विभिन्न दुई वटा निर्णय गरेको छ ।
बैठकले ंदुई दलीय सयन्त्रले प्रधानमन्त्री के.पी शर्मा ओलीसँग भेटघाट गरी पोखराको विकास निर्माण बारे जानकारी गराइएको विषय उपलब्धमूलक भएको निष्कर्ष सहित समय उपलब्ध गराउने प्रधानमन्त्री प्रति हार्दिक आभार व्यक्त गरेको छ ।
त्यस्तै पोखरा महानगरपालिकाका विविध समस्या समाधानका लागि पहल र सहजिकरण गर्ने पनि निर्णय गरेको बैठकमा सहभागि कास्की काँग्रेसका सहसचिव एवं प्रवत्ता नवीन सिग्देलले जानकारी दिनुभयो ।
बैठकमा नेकपा एमालेको तर्फबाट केन्द्रीय सदस्य एवं कास्की इन्चार्ज कृष्ण थापा, जिल्ला अध्यक्ष बैन बहादुर अधिकारी क्षेत्री र कास्की काँग्रेसका उपसभापति युवराज कुँवर सहभागि हुनुहुन्थ्यो ।
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…
गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…
२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…
काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…
२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…