गण्डकी प्रदेश समाचार

खेलकुद शिक्षासँगै विद्यार्थीको बहुआयामिक विकासमा गण्डकी विश्वविद्यालयको भूमिका प्रशंसनिय : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले खेलकुद शिक्षासँगै विद्यार्थीहरुको बहुआयामिक विकासमा गण्डकी विश्वविद्यालयको भूमिकाको प्रशंसा गरेका छन् । गण्डकी विश्वविद्यालयद्वारा पोखरा रंगशालामा आयोजित दोस्रो संस्करणको कुलपति रनिङ्ग शिल्ड माविस्तरीय छात्र फुटबल प्रतियोगिताको बुधबार समापन कार्यक्रममा बोल्दै उनले यस प्रकारको प्रतियोगिताले खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

विश्वविद्यालयले खेलकुदको शिक्षा संगै विद्यार्थीहरुको बहुआयामिक विकासमा समेत उत्तिकै भूमिका खेलेको बताउँदै मन्त्री थापाले भने–“प्रदेश सरकारले आफ्नै विश्वविद्यालय स्थापना हुनु पर्छ भनेर नै विश्वविद्यालय स्थापना भएको हो । शिक्षाको क्षेत्रमा सरकारको प्रत्यक्ष सहयोग पुर्याउने उद्देश्य स्वरुप अगाडि बढिरहेका छौं ।”

पोखरा आफैमा पर्यटकिय संगै खेलकुदको गन्तव्य रहेको जनाउँदै मन्त्री थापाले विश्वविद्यालयले खेलकुदको पाठ्यक्रमलाई जोडेर खेलकुद कार्यक्रम आयोजना गर्नु खुसीको विषय रहेको बताए । उनले खेलकुदले विद्यार्थीहरुको स्वस्थ मनोभावना जागृत गर्न समेत भूमिका रहने उल्लेख गरे ।

दोस्रो संस्करणको कुलपति रनिङ्ग शिल्ड माविस्तरीय छात्र फुटबल प्रतियोगिताको उपाधि पोखरा १४ स्थित शहिद स्मृति माविले जितेको छ । फाइनल खेलमा स्टेप वाई स्टेप माविलाई टाइव्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । उपाधि संगै शहिद स्मृतिले नगद १ लाखका साथमा रनिङ शिल्ड उचालेको छ भने उपविजेता बन्न सफल स्टेप वाई स्टेपले नगद रु ५० हजार प्राप्त गरेको छ ।

एक साता सम्म सञ्चालन भएको प्रतियोगिताको उत्कृष्ट खेलाडी शहिद स्मृतिका गोल रक्षक केश बहादुर रोक्का मगर बनेका छन् । उनले ट्रफीसहित नगद १५ हजार प्राप्त गरे ।  यस अघि ४०–४० मिनेट खेलाइएको रोमाञ्चपूर्ण खेलमा शहिद स्मृति र स्टेप वाई स्टेपले २–२ गोल गरे पछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । १०–१० मिनेट थप गरिएको खेलमा समेत गोल हुन नसके पछि खेल टाइव्रेकरमा धकेलिएको थियो ।

निर्धारित समयको सातौं मिनेटमा सरुन सुनारले गोल गर्दै शहिद स्मृतिका लागि गोलको खाता खोले पनि २७ औं मिनेटमा स्टेपवाई स्टेपका लागि निराजन मगरले गोल गर्दै बरावरी गरे । शहिदस्मृतीका लागि केश बहादुर रोक्का मगरले ४७औं मिनेटमा गोल गर्दै पुनः टिमलाई २–१ ले अग्रता दिए । खेलको ६१ औं मिनेटमा स्टेप वाई स्टेपका अवन राना दोहोरो ऐलो कार्ड खाँदै मैदानबाट बाहिरिए । १० जना खेलाडीमा खुम्चिएको स्टेपबाई स्टेपले दोस्रो हाफको इन्जिुरी समयमा किपरको गल्तीको फाइदा उठाउँदै जवाफी गोल फर्कायो । टिमका लागि कुन्ज पौडेलले गोल गरे ।

गण्डकी विश्वविद्यालयका कुलपति गणेशमान गुरुङको अध्यक्षतामा भएको समापन कार्यक्रममा विश्वविद्यालय उपकुलपति प्रा.डा. नवराज देवकोटाले समेत आफ्ना भनाई राखेका थिए ।

प्रतियोगितामा बिजेता टिम तथा खेलाडीहरुलाई कुलपति प्रा.डा. गुरुङ, उपकुलपति प्रा.डा देवकोटा, विश्वविद्यालयका रजिस्टार डा.कैलाश तिमिल्सिना, प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङले शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए । प्रतियोगितामा २३ विद्यालयको सहभागिता रहेको थियो ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago

प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टाछुट्टै शिष्टाचार भेट

२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…

57 years ago

बाँदर–बँदेल नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना बनाउन संसद्मा प्रस्ताव

काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…

57 years ago

प्रदेश अस्पताल गोरखा १०० शय्यामा स्तरोन्नति हुँदै, सेवाग्राहीको संख्या पनि बढ्दो

२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…

57 years ago

पहिरोपीडितलाई भेट्दै सांसद देवकोटा, क्षतिग्रस्त क्षेत्रको निरीक्षण

गोरखा। गण्डकी प्रदेशका सांसद तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता फणिन्द्र देवकोटाले गोरखा…

57 years ago