गण्डकी प्रदेश समाचार

शिक्षा क्षेत्रमा आमुल परिवर्तनको आवश्यकतामा माथि शिक्षाविद्हरुको जोड

पोखरा, पुस ४ गते

देशको अर्थतन्त्र, सम्बृद्धि तथा विकासका लागि शिक्षा क्षेत्रमा आमुल परिवर्तनको आवश्यकतामा माथि शिक्षाविद्हरुले जोड दिएका छन् ।

पोखरामा प्रजातन्त्रवादी प्राध्यापक संघ गण्डकी प्रदेश र नेपाल शिक्षक संघ कास्कीको संयुक्त आयोजनामा आयोजित वर्तमान शिक्षा प्रणालीमा देखिएका विसङ्गति र निराकरणका उपायहरु सम्बन्धित अन्र्तक्रियामा सहभागि विज्ञहरुले सो सुझाव दिएका हुन् ।

कार्यक्रममा बोल्दै पुर्वशिक्षामन्त्री एवं नेपाली काँग्रेस एनपी साउदले शिक्षालाई रोजगारीसँग जोडेर लैजान विश्वविद्यालय पाठ्यक्रममा जोड दिनुपर्ने बताउनुभयो ।

उहाँले शिक्षा क्षेत्रको विकासका लागि शिक्षा ऐन संशोधन अत्यावश्यक रहेको र यसलाई छिटो ल्याउनका लागि आफुले दबाब दिने बताउनुहुदैँ शिक्षा ऐन पारित हुने चरणमै रहेको जानकारी दिनुभयो ।

अर्का युवा नेता गोविन्द भट्टराईले शिक्षा क्षेत्रलाई डिजिटलमैत्री पाठ्यक्रमका साथै सिपसँग शिक्षाको अवधारणालाई जोड दिनु आजको आवश्यकता रहेको बताउनुभयो ।

नेपाली काँग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले नैतिक शिक्षा कमजोर बन्दै गएको कारण समाजमा विकृति बढ्दै गएको बताउनुभयो ।

त्यसैगरी शिक्षाविद् तथा प्रा.डा कुश्माकर न्यौपानेले नेपालमा कुलपति वा उपकुलपति नियुुक्तिमा हुने विकृतिको अन्त्य गर्नुपर्ने भनाई राख्नुभएको थियो ।

उहाँले विश्वविद्यालयमा गरिने कुलपति नियुक्तको विषयले प्राध्यापकहरुले अपमान भोग्दै आइरहेको सुनाउँदै यसको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।

पञ्चायतकालमा जसरी विज्ञको सम्मान भएको थियो गणतन्त्र आएपछि त्यो गुुमेको बताउनुहुदै विश्वविद्यालयमा कुलपति नियुक्तिको नाममा राजनैति निवेदनको भिक्षा माग्ने प्रचलनको अन्त्य हुनुुपर्ने उहाँको भनाई थियो ।

प्रा.डा न्यौपानेका अनुसार कुलपति नियुक्त गर्दा अनेक विज्ञ प्राध्यापकले निवेदन दिदैँ गर्दा एक जनालाई मात्र बनाउन सक्ने स्थितिमा अन्य प्राध्यापकहरुको अपमान हुँदै आइरहेको उल्लेख गर्नुभयो ।

कांग्रेसले मन्त्रालय रोज्दा शिक्षा मन्त्रालय लिन नमानेको सुनाउँदै अब शिक्षा मन्त्रालय रोजेर प्राध्यापकप्रति हुने अपमानको उच्छेदन गर्नुपर्ने उहाँको भनाई थियो ।

आगामी दिनहरुमा नेपालमा विज्ञहरुको कमी हुने खतरा देखिदैँ आइरहेको बताउनुहुदै देशका युवा जनशक्ति उच्च शिक्षाका लागि विदेशीने बाध्यताले नेपालमा अब सामान्य विषयमा समेत विदेशबाट विज्ञ ल्याउनुपर्ने अवस्था आउन सक्नेमा चिन्ता व्यक्त उहाँको थियो ।

शिक्षा प्रणालीमा देखिएका विकृति निराकरणका लागि कांग्रेसले नै शिक्षा मन्त्रालय रोजेर पाठ्यक्रम÷ पाठ्यपुस्तक परिवर्तन गर्दै देश पढाउने शिक्षा ल्याउन सुुझाव प्राडा न्यौपानेको थियो । उहाँले शिक्षामा आएको विकृतिले समग्र राष्ट्रलाई समस्या पारिरहेको बताउनुभयो ।

करिब ५३ वर्ष पुुरानो शिक्षा ऐनलाई अहिलेपनि मानिराख्नुपर्ने बाध्यता रहिआएको प्राध्यापक भोलानाथ पौडेलले बताउनुभयो । उहाँले पञ्चायति अवस्थाको ऐनलाई आजसम्म पनि परिवर्तन गर्न नसक्नुृको पछाडीको कारणबारे आफुुहरु अनविज्ञ रहेको उहाँको भनाइ थियो ।

सोही अन्तक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशमा प्रेस युनियनबाट नवनिर्वाचित हुनुभएका अध्यक्ष रमेश पौडेल सहित अन्य सदस्यहरुलाई बधाई सँगै कार्यकालको शुभकामना व्यक्त गरिएको थियो ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago

प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टाछुट्टै शिष्टाचार भेट

२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…

57 years ago

बाँदर–बँदेल नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना बनाउन संसद्मा प्रस्ताव

काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…

57 years ago

प्रदेश अस्पताल गोरखा १०० शय्यामा स्तरोन्नति हुँदै, सेवाग्राहीको संख्या पनि बढ्दो

२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…

57 years ago

पहिरोपीडितलाई भेट्दै सांसद देवकोटा, क्षतिग्रस्त क्षेत्रको निरीक्षण

गोरखा। गण्डकी प्रदेशका सांसद तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता फणिन्द्र देवकोटाले गोरखा…

57 years ago