Categories: समाचार

माघ २४ गतेदेखि फाल्गुन ४ गतेसम्म गोरखा पालुङ्गटारमा महोत्सव हुने

गोरखा । गोरखाको पालुङ्गटार नगरपालिकामा तेस्रो लिगलिग पालुङ्गटार महोत्सव–२०८१ हुने भएको छ ।

‘ऐतिहासिक लिगलिग पालुङ्गटारको पहिचान-कृषि, पर्यटन, उद्योग तथा व्यापार प्रवद्वन मुल अभियान’भन्ने नाराका साथ लिगलिग पालुङ्गटार उद्योग वाणिज्य संघले आगामी माघ २४ गतेदेखि फाल्गुन ४ गतेसम्म महोत्सवको आयोजना गर्न लागेको हो ।

मुख्य प्रायोजक पालुङ्गटार नगरपालिका र सह-प्रायोजक १० वटै वडा रहेको महोत्सवमा नगरपालिकामा भएका कृषि, धार्मिक तथा पर्यटक स्थलको झझल्को दिने गरी लिगलिग पालुङ्गटार महोत्सव–२०८१ महोत्सव हुने भएको हो ।

महोत्सवमा पालुङ्गटार नगरपालिका भित्र रहेका स्थानीय, राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीहरु बाट उत्पादित विविध वस्तुहरु साथै कृषि र हस्तकलाका सामानहरुको प्रदशनी र बिक्री  गरिने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ।

पालुङ्गटार नगरपालिका क्षेत्रका ब्यापार र सम्बन्धित व्यवसाय तथा व्यवसायीहरुको सर्वोत्तम हित र कल्याणको साथै पालुङ्गटार नगर क्षेत्रका आन्तरिक तथा बाह्य पर्यटकहरुलाई भित्र्याइ नगरको ऐतिहासिक, धार्मिक, सांस्कृतिक पक्षहरुको व्यापक प्रचार प्रसारका लागि यो महोत्सव आयोजना गरेको लिगलिग पालुङ्गटार उद्योग वाणिज्य संघका अध्यक्ष मान बहादुर आले मगरले जानकारी दिए ।

स्थानीय उत्पादन र कृर्षि उपजलाई प्राथमिकतामा राख्दै मेलामा उद्योग, व्यापार, कृषि र पर्यटनसंग सम्बन्धित कुल १ सय २० स्टल राखिने भएको  छ ।

२५ लाख अनुमानित खर्च गरी स्थानीय र बाह्य गरी २५ हजार  अवलोकनकर्ता सहभागी गराउने लक्ष्यसहित स्थानीय उत्पादनका सयवटा र कृर्षि उपजका २० वटा स्टल राखिने संघका अध्यक्ष आलेले बताए ।

प्रवेश शुल्क १००, जसमा विद्यार्थीहरुका लागि ७० र  ७० वर्ष उमेर माथि र अपाङ अशक्त व्यक्तिहरुलाई महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिने छ।

महोत्सव सफल पार्न २५ सदस्यीय मूल आयोजक समिति गठन गरि तयारी भइरहेको छ ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा ग्यास चोरी पुष्टि, गणेश भाडा पसललाई ३ लाख जरिवाना; ‘जरिवाना तिरेरै उन्मुक्ति?’

गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…

57 years ago

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago