गण्डकी प्रदेश समाचार

गण्डकी प्रदेशमा अपाङ्गता सम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

पोखरा । गण्डकी प्रदेश सभामा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफल भएको छ । प्रदेश सभाको बुधबारको बैठकमा ७ जना सांसदले आफ्नो धारणा राखे ।

सैदान्तिक छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकूद मन्त्री विन्दु कुमार थापाले अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अन्य प्रदेश भन्दा पहिले नै आउन लागेको उल्लेख गरे । उनले अन्य प्रदेशहरूमा विधेयक सैद्धान्तिक छलफलमा समेत प्रवेश नगरेको अवस्थामा गण्डकी प्रदेशले यस विषयमा अग्रसरता देखाएको बताए ।

विधेयकले अपाङ्गता भएका व्यक्तिहरुको पहिचान, वर्गीकरण, परिचयपत्र व्यवस्थापन, सीप विकास, रोजगारी, स्वरोजगार जस्ता विषयलाई समेटेको भनाई उनको छ ।  साथै, शिक्षा, स्वास्थ्य, निर्देशन समिति गठन लगायतका संरचनात्मक व्यवस्थाको आधारसमेत तयार पारिएको छ।

विधेयक सैद्धान्तिक छलफलपछि विषयगत समितिमा पठाइने छ, जसका क्रममा आवश्यक संशोधनहरू हुन सक्ने बताइएको छ । छलफलका क्रममा ७ जना माननीय सदस्यहरूले राखेका धारणालाई सरकारले स्वागत गर्दै विधेयकलाई अझ प्रभावकारी बनाउने मन्त्री थापाले उल्लेख गरे ।

गण्डकी प्रदेश सरकारले चालू आर्थिक वर्षमा अपाङ्गता भएका व्यक्तिहरुको सशक्तिकरणका लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी उनले गराए । उक्त विधेयकलाई सरकारले प्रभावित व्यक्तिहरु तथा सम्बन्धित संघसंस्थाहरूसँग छलफल गरि सदनमा प्रस्तुत गरेको भनाई उनको छ ।

गण्डकी प्रदेशको यो पहलले नेपालभर अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सुनिश्चित गर्ने कानुनी ढाँचा निर्माणमा मार्गप्रशस्त गर्ने अपेक्षा मन्त्री थापाको छ ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३३ जना घाइते

चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरेस्थित मुग्लिङ–नारायणगढ सडकखण्डमा आइतबार बिहान दुई बस र एक ट्रक एकापसमा ठोक्किँदा…

57 years ago

पर्सामा धान रोपिरहेका बेला चट्याङ पर्दा सात महिला घाइते

पर्साको पकहामैनपुर गाउँपालिका–१ स्थित सीमावर्ती क्षेत्रमा धान रोपिरहेका बेला चट्याङ पर्दा सात जना महिला घाइते…

57 years ago

माइक्रोबस दुर्घटनामा सहचालकको मृत्यु, सात यात्रु घाइते

रुपन्देहीको ओमसतिया गाउँपालिका–२ सरस्वती टोलस्थित सिद्धार्थ राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ…

57 years ago

८ महिनामै बनेको लुदी खोला मोटरेबल पुल उद्घाटन, मनकामना यात्रामा सहजता

गोरखा। गोरखाको स्याउली बजार–भट्टफाँट–मनकामना सडक अन्तर्गत निर्माण सम्पन्न भएको लुदी खोला मोटरेबल पुल उद्घाटन गरिएको…

57 years ago

गोरखामा वृद्ध महिलाको गरगहना लुट्ने आरोपमा बुहारी पक्राउ

गोरखा। गोरखाको शहीद लखन गाउँपालिका–४ ताक्लुङ, बाँझोगरामा ८५ वर्षीया दिलमाया रानाको गरगहना लुटिएको घटनामा प्रहरीले…

57 years ago

औषधीय र औद्योगिक प्रयोजनका लागि गाँजा खेती वैधानिक बनाउने विधेयक गण्डकी प्रदेशसभाबाट पारित

पोखरा । गण्डकी प्रदेशसभाले औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र व्यवस्थापन गर्ने…

57 years ago