गण्डकी प्रदेश समाचार

खाद्य शुद्धतालाई दृष्टिगत गर्दै पोखरामा अर्गानिक फुड बैंक, आर.के.लामाले गरे उद्घाटन

पोखरा, १८ चैत । बजारमा बढ्दो विषादीयुक्त अशुद्ध खाद्यान्नको बिक्री बितरणका कारण मानव स्वास्थ्यमा नै गम्भीर प्रभाव परिरहेको अवस्थामा खाद्य शुद्धतालाई दृष्टिगत गर्दै पोखरामा अर्गानिक फुड बैंक सञ्चालनमा ल्याइएको छ । दीपक जोशीका श्रीमती खुश्वु जोशी सहितको सकृयतामा अर्गानिक फुड बैंक सञ्चालनमा ल्याइएको हो ।

पोखरा महानगरपालिका वडा नं १२ भृकुटी टोल(परिवार नियोजन संघको भवनदेखि ५०० मिटर उत्तरपूर्व) सञ्चालनमा आएको फुड बैंकको एक समारोहका बीच आर के हस्पिटालिटी ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रा.लि.का सञ्चालक बरिष्ठ सेफ आर.के.लामाले उद्घाटन गरेका हुन् ।

कार्यकममा बरिष्ठ सेफ लामाले विषादीयुक्त अशुद्ध खाद्यान्नहरूका कारण मानवीय स्वास्थ्यमा नै गम्भीर असर पारिहेका अवस्थामा शुद्ध अर्गानिक उत्पादनलाई उपभोक्तामाझ पु¥याउने लक्ष्यका साथ सञ्चालनमा ल्याइएको अर्गानिक फुड बैंकको व्यवसायिक सफलताको शुभकामना व्यक्त गरे ।

बढ्दो युवा विदेश पलायन भैरहेका अवस्थामा यहीँ नै केही गर्नुपर्छ भन्ने उद्देश्यका साथ गरिएको कार्यको प्रशंसा व्यक्त गर्दै उनले मानवीय स्वास्थ्य रक्षाका लागि पनि यो अभियानले महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

अर्गानिक फुड बैंकका सञ्चालक दीपक जोशीले आँफूहरूले सिधै किसानबाट समान खरिद गरी उपभोक्तामाझ पु¥याउने लक्ष राखिएको बताए ।

“किसानले आँफूले उत्पादन गरेको समाग्रीको उचित मूल्य पाउनुका साथै उपभोक्ताले शुद्ध खाद्यान्न पाउन सकुन् भन्ने नै हाम्रो उद्देश्य हो”, उनले भने ।

झण्डै एक सय भन्दा बढी शुद्ध खाद्यान्न सामाग्री एकैठाउँबाट उपभोक्ताले खरिद गर्न सक्ने अर्गानिक फुड बैंक परिवारले जनाएको छ ।
फुड बैंकमा मुस्ताङको आलु, खोटाङको सक्खर, बेनी तथा लम्जुङको बेसार, बेनीको तोरीको तेल, पोखराको जेठोबुढो, काठमाडौंको टाइचिन लगातयका सामाग्री उपभोक्तामाझ पु¥याउने लक्ष्य राखिएको छ । उपभोक्ताले पाल्पा, मुुस्ताङ, जुम्ला, हुम्ला, बैतडी, दार्चुला, खोटाङ, बाग्लुङ, म्याग्दी, पर्वत, कास्कीका लहाचोक, घाचोक, भलाम लगायत स्थानबाट सिधै किसानबाट खरिद गरिएका सामाग्री प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

हाल भृकुटी टोलबाट सामानको बिक्री वितरण हुने भएपनि आगामी एक डेड महिनामा पोखराको चिप्लेढुङ्गा क्षेत्रमा बिक्री केन्द्र सञ्चालनमा ल्याउने योजना रहेको जनाइएको छ ।

सञ्चालक जोशीको अध्यक्षता एवम् श्वेता भट्टराईले सञ्चालन गर्नुभएको शुभारम्भ कार्यक्रममा राजेश खरेल, वासुदेव पौडेल लगायतले शुद्ध खाद्यान्न उपभोक्ता माझ पु¥याउने विषय मानवीय स्वास्थ्य रक्षाका लागि पनि महत्वपूर्ण बन्ने विश्वास व्यक्त गरे ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा ग्यास चोरी पुष्टि, गणेश भाडा पसललाई ३ लाख जरिवाना; ‘जरिवाना तिरेरै उन्मुक्ति?’

गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…

57 years ago

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago