गण्डकी प्रदेश समाचार

चर्चित कथा बाचिका देवी प्रतिभाजीको बिरौटा परिक्रमा, धार्मिक जागरणको सन्देश प्रवाह

पोखरा, १३ वैशाख २०८२
गण्डकी प्रदेशको धार्मिक पर्यटन प्रवर्द्धन र पोखरालाई आध्यात्मिक मुक्तिद्वारको रूपमा स्थापित गर्ने उद्देश्यसहित पोखरा–१७, सदाशिवजी सिद्धेश्वर हरिहर मन्दिर परिसरमा श्रीगण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ–२०८२ भव्य रूपमा सञ्चालन भइरहेको छ। २०८१ चैत्र १७ गतेदेखि सुरु हुने यो ४१ दिने महायज्ञ २०८२ जेठ २६ गतेसम्म जारी रहनेछ।

मानव सेवा फाउण्डेशनद्वारा आयोजित यस महायज्ञमा चर्चित कथा बाचिका देवी प्रतिभाजीले हालै बिरौटा बजारको पैदल परिक्रमा गर्दै धार्मिक जागरणको सन्देश प्रवाह गरेकी छन्। भक्तिभाव र समर्पणको अनुपम उदाहरण प्रस्तुत गर्दै उनले स्थानीय समुदायमा आध्यात्मिक ऊर्जा संचार गरेकी छन्।

महायज्ञमा निरन्तर हवन, कथा वाचन, प्रवचन, पूजापाठ, आरती, सत्सङ्ग, भजन र सांस्कृतिक कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। आयोजक समितिका अनुसार वैशाख ३ गते भूमिपूजन र यज्ञकुण्ड निर्माण सम्पन्न भएको छ। चैत्र २९ गतेदेखि सुश्री अनुराधा पाण्डेद्वारा सुरु गरिएको भागवत कथा प्रवचन हाल देवी प्रतिभाजीले दैनिक रूपमा सञ्चालन गरिरहेकी छन्। “आगामी दिनमा दीनबन्धु पोखरेल, चैतन्यकृष्ण महाराज, सुप्रिया किशोरीलगायत राष्ट्रियस्तरका वक्ताहरूको सहभागिता रहने कार्यक्रमका सह -निर्देशक युवक लामिछाने बताउन्छन । “

महायज्ञको सांस्कृतिक र आध्यात्मिक महत्त्वलाई प्रचार गर्न सामाजिक सञ्जालमा छोटा भिडियो निर्माण गर्नेहरूलाई रु. २५,००० सम्मको नगद पुरस्कार र सम्मानपत्र प्रदान गरिने योजना छ। सहभागीले मानव सेवा फाउण्डेशनको आधिकारिक पेज ट्याग गरी #मानवसेवाफाउण्डेशन र #गण्डकीकोटिहोम ह्यासट्याग प्रयोग गर्नुपर्नेछ।

साधु–सन्त, धर्मगुरु, ब्राह्मण, भक्तजन, स्वयंसेवक, महिला समूह, बालबालिका, जनप्रतिनिधि र वडाध्यक्षसम्मको सक्रिय सहभागिताले यो महायज्ञ पोखरेली समाजको साझा उत्सव बनेको छ। धार्मिक आस्था र रचनात्मक अभिव्यक्तिलाई जोड्दै यो महायज्ञले धार्मिक पर्यटन प्रवर्द्धनमा दीर्घकालीन योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखाबाट “धर्म नीति आधारित महाअभियान” सुरु हुँदै, शक्तिपीठ र गुरुकुल निर्माणमा जोड

गोरखा । ऐतिहासिक तथा आध्यात्मिक महत्व बोकेको गोरखा पुनः राष्ट्रिय चेतना जागरणको केन्द्र बन्ने दिशामा…

56 years ago

गोरखा जेसीज फुटसल प्रतियोगिता २०२६ सम्पन्न, शुक्लागण्डकी (टिम बी) विजेता

गोरखा । गोरखा जेसीजद्वारा आयोजित दोस्रो गोरखा जेसीज फुटसल प्रतियोगिता २०२६ सफलतापूर्वक सम्पन्न भएको छ।…

56 years ago

स्थानीय परिकार र संस्कृतिको प्रवर्द्धन गर्न गोरखामा महोत्सव

गोरखा । नयाँ वर्ष २०८३ लाई लक्षित गर्दै गोरखा सदरमुकाममा ‘तेस्रो रैथाने खाना तथा सडक…

56 years ago

गोरखामा वैशाख ३ देखि अन्तरपालिका उप–मेयर भलिबल प्रतियोगिता सुरु

गोरखा । गोरखामा आगामी वैशाख ३ गतेदेखि दोस्रो अन्तरपालिका उप–मेयर भलिबल प्रतियोगिता हुने भएको छ।…

56 years ago

गण्डकीमा एसईई २०८२ : ४३ हजार बढी विद्यार्थी सहभागी, कास्की अग्रस्थानमा

चैत १९ गतेदेखि सञ्चालन हुने २०८२ सालको माध्यमिक शिक्षा परीक्षा एसईईमा यस वर्ष गण्डकी प्रदेशमा…

56 years ago

गोरखामा ‘दोस्रो जेसीज फुटसल प्रतियोगिता २०२६’ आयोजना हुने

गोरखा । गोरखा जेसीज गोरखाले युवाहरूको नेतृत्व विकास, खेलकुद प्रवर्द्धन र सामाजिक सशक्तीकरणलाई लक्षित गर्दै…

56 years ago