गण्डकी प्रदेश समाचार

गण्डकी कोटिहोममा भोलि रेनु दाहालको उपस्थितिमा महायज्ञको उत्सव

पोखरा, १४ वैशाख २०८२ । गण्डकी कोटिहोममा भोलि वैशाख १५ गते भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दहालको सहभागितामा विशेष कार्यक्रम आयोजना हुँदैछ।

यो अवसरले गण्डकी कोटिहोमको सामाजिक र धार्मिक पहलहरूलाई थप प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको छ। प्रमुख दाहालको उपस्थितिले कार्यक्रमको महत्त्व र सम्मानलाई अझ उजागर गर्नेछ।

साथै, गण्डकी कोटिहोममा ४१ दिनसम्म निरन्तर चल्ने महायज्ञले व्यापक ध्यानाकर्षण गरेको छ। वैशाख ३ गते भूमिपूजन र यज्ञकुण्ड निर्माण सम्पन्न भएको यस महायज्ञमा भक्तजनहरूलाई घ्यू, तील, तेल, देवदार, श्रीखण्डजस्ता सामग्री लिएर सहभागी हुन निम्तो दिइएको छ।

सुश्री अनुराधा पाण्डेय र अन्तर्राष्ट्रिय कथा प्रवक्ता देवी प्रतिभाले कथा प्रवचन शुरू गरिसकेका छन् भने दीनबन्धु पोखरेल, चैतन्यकृष्ण महाराज, सुप्रिया किशोरीलगायतका धर्मगुरुहरूले पनि कथावाचनमा सहभागिता जनाउनेछन्।

महायज्ञ अवधिभर भजन, सत्सङ्ग, पूजापाठ, आरती र सांस्कृतिक प्रस्तुतिहरू आयोजना हुनेछन्। आयोजकले सामाजिक सञ्जाल भिडियो प्रतियोगिता, राष्ट्रिय भजन प्रतियोगिता र वक्तृत्वकला प्रतियोगिताको व्यवस्था गरेको छ, जसले सांस्कृतिक सहभागिता र रचनात्मक अभिव्यक्तिलाई प्रोत्साहन गर्नेछ। देश–विदेशबाट लाखौं भक्तजनको उपस्थिति अपेक्षित छ।

दैनिक कथा वाचन र सामाजिक कार्यमार्फत गण्डकी कोटिहोममा सामाजिक जागरण र सांस्कृतिक संरक्षणलाई प्रवर्द्धन गर्दै आएकी देवी प्रतिभाको यो धार्मिक र सामाजिक योगदानले समाजमा सकारात्मक प्रभाव छोड्ने विश्वास गरिएको छ। प्रमुख दहालको उपस्थितिसहित यो महायज्ञले गण्डकी कोटिहोमको प्रयासलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago

प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टाछुट्टै शिष्टाचार भेट

२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…

57 years ago

बाँदर–बँदेल नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना बनाउन संसद्मा प्रस्ताव

काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…

57 years ago

प्रदेश अस्पताल गोरखा १०० शय्यामा स्तरोन्नति हुँदै, सेवाग्राहीको संख्या पनि बढ्दो

२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…

57 years ago

पहिरोपीडितलाई भेट्दै सांसद देवकोटा, क्षतिग्रस्त क्षेत्रको निरीक्षण

गोरखा। गण्डकी प्रदेशका सांसद तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता फणिन्द्र देवकोटाले गोरखा…

57 years ago