गण्डकी प्रदेश समाचार

पोखरामा ११ हजार कलशसहितको विशाल शोभा कलश यात्रा भव्य रूपमा सम्पन्न

पोखरा, १६ वैशाख । पोखरा महानगरपालिका वडा नं. १७, बिरौटास्थित हरिहर मन्दिर र केही स्थानीयको जग्गामा मानव सेवा फाउण्डेशनद्वारा आयोजित गण्डकी कोटिहोम महायज्ञ अन्तर्गत मंगलबार बिहान ११ हजार कलश सहितको विशाल शोभा कलश यात्रा भव्य रूपमा सम्पन्न भएको छ।

कोटिहोम परिसरबाट सुरु भएको यो यात्रा पोखराका बिभिन्न मुख्य सडक हुदै अगाडि बढेको थियो । गंगाको जलसहित ११ हजार कलश बोकेर देशभरबाट आएका भक्तजन, साधु–सन्त, स्वयंसेवक, महिला समूह, बालबालिका र जनप्रतिनिधिको उत्साहपूर्ण सहभागिताले पोखराको वातावरण भक्तिमय बनेको थियो।कलश यात्रामा चर्चित कथा बाचिका देवी प्रतिभा ,वालयोगेश्वर विजय श्रीकृष्ण मूर्तीजी सहित मुख्य पात्रहरुको सहभागिता रहेको थियो ।

कलश यात्रा कार्यक्रम संयोजक दुर्गा केसीले यात्रामा जिल्ला बाहिरबाट समेत उल्लासमय सहभागिता रहेको बताउँदै सबैलाई धन्यवाद व्यक्त गरिन्। “हामीले अपेक्षा गरेभन्दा बढी सहभागिता भयो, जसले महायज्ञको महत्त्व र उत्साहलाई झल्काएको छ,” उनले भनिन्।

यात्रामा समूह, भेषभूषा, अनुशासन र ब्यानरसहित सहभागी हुने समूहलाई पुरस्कारको व्यवस्था गरिएको थियो। आयोजकका अनुसार, महायज्ञ समापनपछि प्रतिकलश १ हजार ३ सयमा र दुई कलश २ हजार ५ सयमा घर लैजान सकिने व्यवस्था गरिएको छ।

महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजय श्रीकृष्ण मूर्तीजीले यो यात्राले पोखरालाई धार्मिक गन्तव्यको रूपमा थप स्थापित गरेको बताए। “यो शोभा कलश यात्रा धार्मिक, सांस्कृतिक र सामाजिक एकताको सन्देश बोकेर सम्पन्न भएको छ,” उनले भने।

। महायज्ञ वैशाख १७ देखि जेठ २६ गतेसम्म चल्नेछ, जसमा श्रीमद्भागवत कथा, राम कथा, शिवमहापुराण कथा, हनुमान कथा, श्रीमददेवी भागवत कथालगायतका प्रवचन, हवन, भजन, झाँकी, देवलीला र नृत्य प्रस्तुतिहरू हुने महायग मूल आयोजक समितिका सह – निर्देशक युवक लामिछानेले बताएका छन् ।

राष्ट्र शान्ति, विश्व कल्याण, धार्मिक पर्यटन प्रवर्द्धन तथा असहाय बालबालिका र ज्येष्ठ नागरिक संरक्षणका लागि आयोजित यो महायज्ञमा सामाजिक सञ्जालमार्फत प्रचार गर्नेहरूलाई २५ हजारसम्मको पुरस्कार र सम्मानपत्र प्रदान गरिने महायज्ञ मुल आयोजक समितिका सह निर्देशक युवक लामिछानेले बताए।

महायज्ञले पोखराको धार्मिक र सांस्कृतिक पहिचानलाई उजागर गर्दै सामाजिक एकता र आध्यात्मिक जागरणको सन्देश प्रवाह गरेको आयोजकको दाबी छ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago

प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टाछुट्टै शिष्टाचार भेट

२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…

57 years ago

बाँदर–बँदेल नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना बनाउन संसद्मा प्रस्ताव

काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…

57 years ago

प्रदेश अस्पताल गोरखा १०० शय्यामा स्तरोन्नति हुँदै, सेवाग्राहीको संख्या पनि बढ्दो

२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…

57 years ago

पहिरोपीडितलाई भेट्दै सांसद देवकोटा, क्षतिग्रस्त क्षेत्रको निरीक्षण

गोरखा। गण्डकी प्रदेशका सांसद तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता फणिन्द्र देवकोटाले गोरखा…

57 years ago