Categories: समाचार

धर्म विना राजनीति हुदैन: राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहि

पोखरा १६ बैशाख । पोखरा महानगरपालिका वडा नं. १७, बिरौटास्थित हरिहर मन्दिर को जग्गामा मानव सेवा फाउण्डेशनद्वारा आयोजित गण्डकी कोटिहोम महायज्ञ धार्मिक र सांस्कृतिक उत्सवको प्रमुख केन्द्र बन्दै आएको छ। वैशाख ३ गते भूमिपूजन र यज्ञकुण्ड निर्माणपश्चात् चैत्र २९ गतेदेखि अनुराधा पाण्डेयद्वारा भागवत कथा प्रवचनको शुभारम्भसँगै दैनिक कथा वाचन शुरु भएको हो। हाल अन्तरराष्ट्रिय कथा वाचिका देवी प्रतिभाले बैशाख १८ गतेसम्म कथा वाचन गर्ने समय तालिका तय भएको छ, जसले भक्तजनलाई आध्यात्मिक रूपमा मन्त्रमुग्ध बनाएको छ।

कार्यक्रममा आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा संविधान सभा सदस्य ज्ञानेन्द्र शाहिको सहभागिता रहेको थियो । बिहान मात्र कलश यात्रा सम्पन्न गरी भोलि देखि सुरु हुने कोटीहोमको तयारी पुरा भएको महायग मूल आयोजक समितिले जनाएको छ ।

यसै बिच आज प्रवक्ता शाहिले “धर्म विना राजनीति हुँदैन। गौमाताको हत्या गर्ने हत्यारा नै हो। अब धर्म बचाए मात्र भोलि हाम्रा छोरीचेली, दिदीबहिनी बच्छन्,” भने भनाई राखेका थिए । यो भनाइले धार्मिक मूल्य र आस्थालाई सामाजिक संरक्षण र नैतिकताको आधारका रूपमा प्रस्तुत गरेको छ।

राप्रपा प्रवक्ताले धर्मको नाममा अधर्म गर्नेहरूविरुद्ध कडा अडान राख्दै भने, “धर्मको नाममा कसैले अधर्म गर्छ भने ८१% हिन्दु प्रतिकार गर्न निस्किन्छौँ।” उनले थप जोड दिँदै भने, “धर्म मान्नेले पाप गर्दैन, जसले धर्म मान्दैन त्यसले भ्रष्टाचार गर्छ।” यो अभिव्यक्तिले धार्मिक आस्था र नैतिकताले व्यक्तिगत तथा सामाजिक सुशासनमा महत्त्वपूर्ण भूमिका खेल्ने सन्देश दिएको छ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा ग्यास चोरी पुष्टि, गणेश भाडा पसललाई ३ लाख जरिवाना; ‘जरिवाना तिरेरै उन्मुक्ति?’

गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…

57 years ago

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago