गण्डकी प्रदेश समाचार

कोटिहोम विराट ज्ञान महायज्ञमा देशभरका ४ सय बढी ब्राह्मण सहभागिता हुने

पोखरा, १८ वैशाख । पोखरामा सञ्चालन भएको श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ देशभरका व्रामण एक ठाउँमा जम्मा हुने भएका छन् ।

मानव सेवा फाउण्डेसन नेपालको आयोजनामा पोखरा महानगरपालिका वडा नं. १७, बिरौटास्थित हरिहर मन्दिर र केही स्थानीयको जग्गामा सञ्चालन भएको कोटी होममा देशभर बाट ४ सय बढी ब्राह्मण जम्मा हुने भएका हुन् ।

महायज्ञमा रहेको १ सय वटा हवन कुण्ड र पाठ परायणका लागि देशभरबाट ४ सय बढी ब्राह्मण कोटिहोममा जम्मा हुने यज्ञका प्रमुख आचार्य लक्ष्मण भण्डारीले जानकारी दिए ।

उनका अनुसार १ सय वटा हवन कुण्डमा ३/३ जना ब्रामणले कोटी होममा दिन दिनै भगवती गायत्री मन्त्र विधिबाट हवन गर्नेछन् ।
कोटिहोममा १०८ भागवत महापुराण पाठ परायण, ४ वेद पाठ परायण, सप्त चण्डी, अति रुद्री, मन्त्र जप लगायतमा ब्राह्मणले पाठ गर्ने छन् ।

हवन कुण्डको मूल मण्डपमा महायज्ञका सङ्कल्पकर्ता वाल योगेश्वर विजय श्रीकृष्ण मूर्तिजीका बुबा मनि राम भण्डारी र आमा जानका भण्डारी रहने छन् । भने अरू मण्डपमा ३/३ जना ब्राह्मणले नृत्य हवन गर्ने छन् ।

वैशाख १९ गते कोटिहोम महायज्ञमा हवनात्मक कार्यक्रमको प्रारम्भ हुने छ । हवन कुण्डको तयारी पुरा भएको छ ।  सोही दिन बिहान ६ बजेर ४५ मिनेटमा अग्नि मन्थन, ७ बजेर १५ मिनेटमा यज्ञ कुण्डमा अग्नि प्रवेश गराउने, ७ बजेर १९ मिनेटमा अग्निमा समिधा दान र ८ बजेर ५ मिनेटमा अग्नि कुण्डमा आहुति प्रदान गरी कोटी होमको प्रारम्भ हुने छ । हवन कार्य जेठ २६ गते सम्म चल्ने छ ।

यज्ञका प्रमुख आचार्य लक्ष्मण भण्डारीका अनुसार हवन बिहान ८ बजेबाट सुरु भई ११ बजे सम्म चल्ने छ भने ११ बजे देखि १ बजेर १५ मिनेट सम्म विश्राम भई पुन ४ बजे सम्म हवन कार्य हुने छ ।

‘पोखरामा सञ्चालन भएको कोटिहोम नेपालका ब्राह्मणलाई एकै थलोमा जम्मा गर्ने केन्द्र बनेको छ’ उनले भने, ‘महान् पवित्र यज्ञमा पुण्य लाभ लिन भक्तजनमा यस्तो अवसर आउँदैन ।’

महायज्ञमा निर जनी पिठाधीश्वर १००८ आचार्य महामण्डलेश्वर स्वामी कैलासानन्द गिरिजी महाराजले बुधवार हवानादी कार्यको विधिवत् शुभारम्भ गरी महायज्ञ सुरु भएको हो ।

जेठ २६ गते सोमबार कोटिहोम महायज्ञको विधिवत् पुणांहुति गरी अभिषेक र महाप्रसाद ग्रहण गर्ने कार्यक्रम रहेको छ ।
उक्त हवन कुण्डमा इच्छुक व्यक्ति कर्ता बस्न सक्ने व्यवस्था पनि रहेको मानव सेवा फाउण्डेसन नेपालका व्यवस्थापक विष्णु थापाले जानकारी दिए ।

उनका अनुसार हवन कुण्डमा कर्ता बस्नका लागि ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँको व्यवस्था गरिएको छ । हवन कुण्डमा बस्दा ब्राह्मण देखि चाहिने पुरै सामग्री आयोजकले नै व्यवस्था गर्ने छ ।

महायज्ञका सङ्कल्पकर्ता वाल योगेश्वर विजय श्रीकृष्ण मूर्तिजीका बुबा मनि राम भण्डारी धर्म संस्कृतिको रक्षा गरेको यो विशाल कोटि होममा कर्ता भएर बस्नु अहोभाग्य भएको बताए ।

‘हामी घर मा नै यति लामो समय सम्म हवन कार्य गर्दा कति खर्च लाग्छ त्यो सोच्नुहोस् त ’ उनले भने ‘यो ऐतिहासिक कोटिहोममा केही सहयोग गरेर कर्ता बस्न पाउने व्यवस्था भएकोले यो अवसर नगुमाउन म सबैलाई आग्रह गर्दछु ।’

कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरूबाट भजन, झाँकी, देव लीला, नृत्य लगायत प्रस्तुति हुनेछन् । कार्यक्रम अवधिभर देश विदेशबाट कार्यक्रम विभिन्न सामाजिक अभियन्ता तथा राजनीतिक दलका नेताहरूको आगमन हुने जनाइएको छ ।

वैशाख ३ गते भूमि पूजन र यज्ञ कुण्ड खनी महायज्ञ स्थलमा दैनिक रूपमा कथा वाचन हुँदै आएको छ । अनुराधा पाण्डेद्वारा श्याम भागवत कथा प्रवचनको सुरुवातसँगै महायज्ञमा हाल अन्तर्राष्ट्रिय कथा वाचीका देवी प्रतिभाले कथा वाचन गरेकी छन् । बिहीबार बेलुका  नै अन्तर्राष्ट्रिय कथा वाचीका देवी प्रतिभा भारत फर्किने छिन् ।

शुक्रवार देखि व्यास आचार्य प्रशान्त कृष्ण पंराकुसजी लगायत अन्य साधु सन्तले महायज्ञमा कथा वाचन गर्ने आयोजकले जनाएको छ ।
महायज्ञका प्रदेश तथा केन्द्रीय सरकार सांसद, विभिन्न धार्मिक तथा सामाजिक अभियन्ता सञ्चारकर्मी तथा भक्तजनको उपस्थिति बढ्दै गएको छ ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा ग्यास चोरी पुष्टि, गणेश भाडा पसललाई ३ लाख जरिवाना; ‘जरिवाना तिरेरै उन्मुक्ति?’

गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…

57 years ago

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago