गण्डकी प्रदेश समाचार

कोटीहोममा हजार कन्याको पूजा र हजार ज्येष्ठ नागरिकलाई सम्मान गरिँदै

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा एक हजार भन्दा बढी बालिका सहभागी गराएर पूजा गरिने भएको छ । आगामी शनिबार तीनदेखि नौ वर्ष उमेर समूहका एक हजार बढी कन्या सहभागी गराएर पूजा गर्ने तयारी भइरहेको प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।

संयोजक ढकालका अनुसार ७० वर्षभन्दा माथि उमेर पुगेका एक हजार भन्दा बढी ज्येष्ठ नागरिकलाई पनि सम्मान गर्ने तयारी भएको छ ।

ज्येष्ठ नारिकलाई श्रीमद्भगवत गीता र पाँच हजार भन्दा बढी रामनाम पुस्तक वितरण गरिने उनले बताए । सोही अवसरमा समाजिक अभियन्तालाई विशेष सम्मान गर्ने कार्यक्रम छ ।
सोमबारको कार्यक्रम

कोटीहोममा सोमबार पनि भक्तजनको उत्साहजनक सहभागिता रहेको आयोजकले दावी गरेको छ । प्रचारप्रसार संयोजक ढकालका अनुसार १९ दिन कोटीहोम चल्दै गर्दा करिब एक लाख ६५ हजार भक्तजन सहभागी भए ।

कोटीहोममा सोमबार बिहान ८ः०५ बजे हवन कुण्डमा हवन गरिएको छ । एक सय वटा हवन कुण्डमा तीन, तीन जना ब्राह्मणले भगवती गायत्री मन्त्र विधिबाट हवन गरेका थिए । साथै एक सय आठ भागवत महापुराण पाठ परायण, चार वेद पाठ परायण, सप्तचण्डी, अति रुद्री, मन्त्र जपलगायतमा ब्राह्मणले पाठ गरे ।

शनिबारदेखि खुला भजन चुट्का प्रतियोगिता अझै जारी छ । प्रतियोगितामा देशभरबाट करिब तीन सय जनाले प्रतिस्पर्धा गरिरहेको संयोजक प्रजापति पराजुलीले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुनेलाई तीन लाख ५५ हजार पाँच सय ५५, द्वितीय हुनेलाई दुई लाख ५५ हजार पाँच सय ५५, तृतीय हुने समूहलाई एक लाख ५५ हजार पाँच सय ५५ तथा सान्त्वना हुने दुई जनालाई जनही ६५ हजार पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा विभिन्न ११ विधामा २५ हजार पाँच सय २५ रुपैयाँका दरले पुरस्काको व्यवस्था गरिएको छ ।
धर्मगुरुहरुको ओइरो लाग्दै

कोटीहोममा सात दिन प्रवचन दिनका लागि वैशाख २८ देखि जेठ ३ गतेसम्म वाचन प्रवीण पं. दिनबन्धु पोखरेल, जेठ १४ देखि २२ गतेसम्म प्रसिद्ध कथा वाचिका राधिका दासी, श्रीराम कथा वाचिका देवी चन्द्रकला सखी, दार्शनिक प्रवचनकर्ता चैतन्यकृष्ण महाराज सहभागी हुँदैछन् । जेठ १० देखि अन्तर्राष्ट्रिय कथा प्रवक्ता देवी प्रतिभाका साथै नेपालका अन्य कथा व्यासलाई पनि सहभागी गराउन प्रयास भइरहेको आयोजक मानव सेवा फाउण्डेशनले जनाएको छ । देवीले यसअघि १४ दिन श्रीमद्भागवत कथा सुनाएर फर्किएकी हुन् ।

कोटीहोममा एक सय कुण्डमा हवन, भजन चुट्का प्रतियोगिता, चर्चित भारतीय आचार्य प्रशान्त कृष्ण पंराकुशजीलगायत साधु सन्तमार्फत रामायण प्रवचन र वाचिका सुप्रियामार्फत दैनिक कथा वाचन जारी छ ।

कोटीहोममा सोमबार भएको रक्तदान कार्यक्रममा २३ युनिट रगत संकलन भएको छ । रक्तदान कार्यक्रम हरेक दिन हुनेछ ।
राजनीतिक दलका नेताहरुको ओइरो

कोटीहोममा सोमबार वागमती प्रदेश सभामुख भुवनकुमार पाठक र उपसभामुख अप्सरा चापागाई सहभागी थिए । सभामुख पाठकले कोटीहोम आजको अवाश्यकता भएको भन्दै यसको व्यवस्थापन गर्न सहज नभएको प्रतिक्रिया दिए । उनले कोटीहोम सम्पन्न भएसँगै पोखरासहित गण्डकी प्रदेशमा धार्मिक पर्यटकको ओइरो लाग्ने दावी गरे ।

उपसभामुख चापागाइँले एकै ठाउँमा विवाह, हवन, भजनलगायत सबै देख्दा आफू अचम्मित भएको भन्दै यसले धर्म र संस्कृति जगेर्नामा महत्वपूर्ण योगदान पुग्ने बताइन् ।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की सभापति यदुनाथ अधिकारी, सचिव दिपेन्द्र पोखरेल, सहसचिव टेकराज सापकोटा, कोषाध्यक्ष विना गुरुङ, केन्द्रीय नीति तथा मन्थन विभाग सदस्य माधव प्रसाद कंडेल, पोखरा ३३ सभापति दिनेश आचार्यलगायत सहभागी थिए ।

यसअघि राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीसहित गण्डकी प्रदेशका मन्त्री तथा सांसद कोटीहोममा पुगेका थिए ।

वैशाख ३ गते भूमि पूजन र यज्ञ कुण्ड खनी महायज्ञ स्थलमा दैनिक रूपमा कथा वाचन हुँदै आएको छ । कोटीहोम २०८२ जेठ २६ गतेसम्म पोखरा १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आपपासका स्थानीयको जग्गामा सञ्चालन हुनेछ ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा ग्यास चोरी पुष्टि, गणेश भाडा पसललाई ३ लाख जरिवाना; ‘जरिवाना तिरेरै उन्मुक्ति?’

गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…

57 years ago

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago